कार्यस्थलमा हुने हिंसा रोक्ने प्रतिबद्धता

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढाकालले कार्यस्थलमा हुनसक्ने हिंसा र दुव्र्यवहार रोक्न कार्ययोजना निर्माण गर्ने प्रतिबद्धता जनाएकी छिन् । सोमवार वीरेन्द्रनगरमा आयोजित कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहारसम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

सञ्चारिका समूह कर्णाली प्रदेशको आयोजना तथा नगरपालिकाको समन्वयमा महिला पत्रकारहरूका लागि कार्यक्रम गरिएको हो । कार्यस्थलमा हुन सक्ने हिंसा र दुव्र्यवहारलाई निरुत्साहित गर्न सबैले आ–आफ्नो क्षेत्रबाट पहल थाल्नुपर्नेमा उनको जोड रहेको छ । हिंसाका घटना रोक्न सम्वद्ध पक्षको शून्य सहनशीलता हुनुपर्ने उनले जनाइन् ।

कार्यक्रममा महिला पत्रकारहरूले कार्यस्थलमा भोगनुपरेका हिंसा एवम् यौनजन्य दुव्र्यवहारको बारेमा छलफल गरिएको थियो । अधिकारकर्मी टिका विष्टले महिला पत्रकारले कसरी सचेतना अपनाउने र कार्यसथलमा हुने दुव्र्यवहारको प्रतिकार कसरी गर्ने भन्ने विषयमा सहजीकरण गरेकी थिइन् । सुर्खेत जिल्लामा क्रियाशिल पत्रकारको सहभागिता रहेको मंगलवारसम्म चल्नेछ ।

प्रकाशित मितिः   १९ असार २०८१, मंगलवार १०:२३