कर्मचारी व्यवस्थापनको चुनौती

वीरेन्द्रनगर नगरपालिकामा काजमा कार्यरत स्वास्थ्यका कर्मचारी लामो समयदेखि तलबविहीन भएका छन् । संघीय संरचनामा गएपछि तीन तहका सरकारबीच समन्वयको अभावका कारण उनीहरूले तलब पाउन सकेका छैनन् । कर्मचारी समायोजनपछि स्थानीय तहले आफूखुसी स्वास्थ्यका कर्मचारी लगेको भएपनि अहिले तलब खुवाउन नसक्दा कर्मचारीको बिचल्ली भएको हो । अनावश्यक रूपमा स्थानीय तह, प्रदेश तथा केन्द्रको सिफारिस गरी कर्मचारीलाई पायक पर्ने ठाउँमा जाने र स्थानीय तहले पनि अनावश्यक कर्मचारी लानका लागि सिफारिस लिएर आएका कारण एउटै पालिकामा धेरै स्वास्थ्य सेवाका कर्मचारी थुप्रिएको पाइएको छ ।

वीरेन्द्रनगर नगरपालिकाभित्रका २५ जना स्वास्थ्यकर्मीले एक वर्षदेखि तलबभत्ता पाएका छैनन् । तलब नपाएपछि उनीहरूले गुनासो गर्न थालेका छन् । रकम निकासा नहुँदा नगरपालिकामा कार्यरत २५ जना स्वास्थ्यकर्मीले एक वर्षदेखि तलबभत्ता पाउन नसकेका हुन् । उनीहरूले गत साउनदेखि तलब भत्ता नपाएको गुनासो गरेका छन् । नगरपालिकामा स्वास्थ्यतर्फको दरबन्दी ३८ जना भएकोमा ५२ जना स्वास्थ्यकर्मीले काजमा काम गर्दै आएका छन् । अन्य जिल्लाका विभिन्न स्थान र सुर्खेत जिल्लाका अरु पालिकाबाट कर्मचारी काज सरुवामा आएका हुन् । गत साउनदेखि स्वास्थ्यका कर्मचारीले तलब खान पाएका छैनन् । नेपाल सरकारले नै कर्मचारीको तलब नपठाउँदा कर्मचारी समस्यामा परेको देखिन्छ । दरबन्दी भन्दा बाहिरका स्थानीय तहमा गएका कर्मचारीको तलब–भत्ता सरकारका लागि टाउको दुखाइ बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७५ सालदेखि हालसम्म आठ सय ९१ कर्मचारी काजमा सहरकेन्द्रित पालिकामा कार्यरत छन् । उनीहरूको दरबन्दी भने दुर्गम क्षेत्रमा छ । राजनीतिक पहुँचको भरमा स्वास्थ्यका कर्मचारी दरबन्दी भएको दुर्गम क्षेत्रको साटो काज लिएर सहरकेन्द्रित गाउँपालिका, नगरपालिका तथा महानगरपालिकामा गएका छन् । नियमले सरकारी कर्मचारीलाई एक महिनासम्म मात्रै काजमा राख्न मिल्छ । तर, राजनीतिक पहुँच र स्वास्थ्य सम्बन्धी ट्रेड युनियनको भनसुनका भरमा स्वास्थ्यका कर्मचारी वर्षौं काजमै बस्छन् । तर काजमा जाने कर्मचारीको संख्या बढ्दै गएपछि उनीहरूको तलबभत्ता मिलानमा टाउको दुखाइ बनेको हो ।

वीरेन्द्रनगर नगरपालिकामा कार्यरत २५ जना स्वास्थ्यका कर्मचारीले तलब मात्र नपाएका होइनन् कामकाजको जिम्मेवारी समेत छैन । उनीहरू २०७८ वैशाखमा विभिन्न स्थानीय तहहरूबाट काजमा आएका कर्मचारीहरू हुन् । डेढ वर्षसम्म राम्रै कामकाज गरेको भएपनि विगत एक वर्षदेखि काम र तलबविहीन बनेको उनीहरूको दुखेसो छ । वीरेन्द्रनगर नगरपालिकाले हाजिर गर्न समेत नदिएपछि २०८० भदौ र असोजमा कर्मचारीहरूले सर्वोचमा रिट दर्ता गरेका थिए । असोजमा नै सर्वोचले कार्यरत स्थानीय तहमा कर्मचारीलाई हाजिर गराउन अन्तरिम आदेश जारी ग¥यो । त्यसपछि वीरेन्द्रनगरका स्वजास्थ्यका कर्मचारी हाजिर लगाउने तर विना काम बस्ने गरेका छन् ।

प्रकाशित मितिः   १५ असार २०८१, शुक्रबार १०:४५