समृद्धिका लागि दिगो शान्ति, सद्भाव र एकता
कुनै पनि मुलुकको सर्वाङ्गिण विकासका लागि दिगो शान्ति, सद्भाव र एकताको अपरिहार्यता हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा मैत्रीपूर्ण सम्बन्धको आवश्यकता अनुरूप मेलमिलाप, भ्रावृत्व तथा सहकार्यको प्रयास भइरहेको अवस्था भए पनि दिगो शान्तिको अनुभूति हुन सकेको अवस्था छैन ।
प्राचिन सभ्यतासँगै मानव विकासका क्रममा सामाजिक, राजनीतिक, धार्मिक तथा आर्थिक क्रियाकलापमा पनि विकासात्मक परिवर्तन हु“दै आएको छ । तथापि विभिन्न कालखण्डमा भएका द्वन्द्व तथा युद्धहरूको परिणाम स्वरूप शान्ति स्थायित्व हुन सकेको छैन । दिगो शान्ति स्थापना गर्नका लागि हरेक तह र क्षेत्रलाई सन्तुलनमा राख्न जरुरी हुन्छ । यदि यसो गरिएन भने साम्प्रदायिक सद्भाव र एकतामा खलल पुग्न सक्छ । जहा“ कलह हुन्छ, त्यहा“ शान्ति सम्भव हु“दैन । यस्तो अवस्थामा आम मानिसहरूबीच सद्भाव र एकता कायम भएन भने कनै पनि क्षेत्रको दिगो शान्तिमा ह्रास पु¥याउ“छ । पारस्परिक सम्बन्धको सुधार तथा मेलमिलापले कुनै पनि व्यक्तिगत, सामाजिक ,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा शान्तिको महसुुस गराउ“छ ।
समग्र विश्वको इतिहास फर्केर हेर्ने हो भने प्राचिन समयदेखि नै राजनैतिक असमानता तथा अस्थिरता हु“दै आएको पाइन्छ । फलस्वरूप विभिन्न समयमा परिवर्तनका लागि आन्दोलन, गृहयुद्ध तथा विश्वयुद्धहरू सवुतका रूपमा प्रतिबिम्वित छन् । यसरी परिवर्तनका खातिर विभिन्न भयभित आन्दोलनहरू, विध्वंश, प्रदर्शन, तथा विराटयुद्धका कारण समग्र अन्तर्राष्ट्रियस्तरमा असंख्य मानिसहरूको दर्दनाक हत्याहरू पनि भएका उदाहरणहरू छन् । फर्केर हेर्दा, संसारलाई सु–संगठित पारी हातेमालो गर्दै एककृत ढंगले व्यक्ति तथा राष्ट्र–समूहहरू समुन्नत पनि भएका छन् भने अर्कातिर नकरात्मक प्रतिस्पर्धाका कारण शान्तिको अनुभूत गर्न असहज स्थितिको पैदा भएको छ ।
हरेक व्यक्तिका मौलिक हकहरू प्रत्याभूति गर्नका लागि निष्ठावान तथा कर्तव्यनिष्ट नागरिक बनाउन जरुरी देख्रिन्छ । यसका लागि हरेकले आफ्नो अधिकारको संरक्षणसहित कर्तव्य तथा दायित्वलाई पनि बिर्सनु हु“दैन । यसले गर्दा हरेक नागरिकले अधिकारको प्रयोग गर्न पाउ“छन् भने कर्तव्य पूरा गर्न पनि हौसला प्राप्त गर्दछन् । रिस, डाहा र इस्र्याको भावनालाई नष्ट गरी सामूहिक र नैतिक व्यवहारको सिर्जना गर्नु हरेक नागरिकको नैतिक कर्तव्य हो । राष्ट्रियता प्रति वफादार रहनु, कानुनको अबलम्वन गर्नु, कर तिर्नु आदि नागरिक कर्तव्यहरू हन् जसले हरेक व्यक्तिलाई स्वावलम्वी बनाउन सहयोग गर्दछन् ।
नीति निर्मातादेखि कार्यान्वयन गर्ने तहसम्म समान र सम्मानजनक तवरले ऐन–नियम, विकास प्रारूप आदि तत्वहरू परिचालित गरिनुपर्दछ । अस्थिर राजनीतिक परम्परालाई सुशासनतिर मोड्नका लागि आलोचना मात्रको विकल्पको रूपमा समालोचनालाई पनि जोड दिनुपर्दछ । नतिजा स्वरूप, राम्रो नराम्रो पक्ष सही प्रक्रियाले जा“च भइ रचनाचत्मक सल्लाह तथा सुझावहरूले सुशासनलाई मजबुद पनि बनाउन सकिन्छ । यसरी विश्लेषण गर्दा नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा स्थिर सरकार तथा यथ्यष्ट पक्षपातरहित कानुनको परिचालन नितान्त आश्यक कुरा हो ।
प्रतिसोधको भावनाबाट विमुख भइ सहकार्यमूलक राजनीतिक सहयात्राले सरकार तथा नीति नियमहरूलाई बलियो बनाउ“छ । यसका लागि धार्मिक भाषिक, जातीय, लैंगिक भेदभावरहित समुन्नत राष्ट्र निर्माणको अवधारणालाई जोड दिनपर्छ । यसका लागि सकरात्मक तथा दीर्घकालीन सहमति, सहकार्य, भातृत्व तथा र सकरात्मक खोजको विकास गर्नसके राष्ट्रिय एकतामा सौहार्दता थपिने कुरामा कुनै शंका छैन । विकास निर्माणदेखि नीति निर्माणसम्म इमान्दारी, सदाचार तथा रचनात्मक सहकार्यले हरेकले हरेक पक्षमा सकरात्मक टेवा पुग्दछ । यसरी राष्ट्रको समृद्धिमा तहगत सोपान थप्नका लागि इस्र्याको भावनालाई पाखा लगाइ सामूहिक–समानुपातिक प्रक्रियावाट हरेक पिछडिएका वर्गलाई उत्थान गर्दै, नागरिकमा न्यायको अनुभूति गराउ“दै तथा हरेक ठाउ“मा समान तरिकाले दक्ष जनशक्तिको उत्पादन तथा परिचालन गर्नसक्नु नै राष्ट्रिय सद्भाव तथा समृद्धितिर लम्कनु हो । यसरी हरेक व्यक्तिको विचार विमर्शको उच्च कदर गर्दै समावेशी बनाउन सके समाजमा विद्यमान नकरात्मक प्रभाव, परम्परा तथा अन्धविश्वासलाई पन्छ्याउ“दै दिगो शान्तिको प्रत्याभूति गर्न र गराउन सकिन्छ ।
दिगो शान्तिको सिर्जना गर्नका लागि एकलकाटे तथा स्वार्थी भावनाले सहयोग गर्दैन । यसका लागि प्रत्येक नागरिकले आ–आफ्नो तह र तप्काबाट हातेमालो गर्दै समाज तथा राष्ट्रको समुन्नत उत्थानका लागि एकजुट हुन अपरिहार्य छ । अनकौं जातजति, भाषा धर्म तथा संस्कृतिहरूको समायोजनले समाज बनेको हुन्छ र उक्त समाज निःस्वार्थ रूपमा सहयोगी भावनाले भिजेको हुनपर्दछ । जो दिगो शान्तिबाट मात्र सम्भव छ ।
जहा“ सद्भाव हुन्छ त्यहाँ एकता हुन्छ, मेलमिलाप हुन्छ अनि सहकार्य तथा सहचार्य हुन्छ, त्यहा“ शान्तिको पनि अनुभूति हुन्छ । शान्ति प्रक्रियालाई लामो समयसम्म जारी रहने गरी यसलाई धक्का नपु¥याउने अवस्था सिर्जना भएमा दिगो शान्ति अनुभूति गर्न सकिन्छ । यसले गर्दा सदियैंसम्म मानवीय । सम्बन्धलाई निकट गराइ हरेक व्यक्ति तथा समाजलाई सौहार्द जीवनयापनका लागि सहज बन्दछ । व्यक्तिले अरुसँग सहकार्य गर्नका लागि पहिला आफू आत्मनिर्भर बन्न जरुरी छ । ताकी सामान्य स्थिति र आवश्यकतामा अरुलाई गुहार्न नपरोस् । जबसम्म व्यक्ति आत्मनिर्भर बन्न सक्दैन तबसम्म परनिर्भर जीवनले स्वयम जीवनमा कुनै पनि परिर्वतन गर्न सक्दैन । यसका लागि आत्मनिरर्भरता अपरिहार्य छ । यसका लागि हरेक नागरिक सचेत हुनु अहिलेको आवश्यकता हो । यसरी आत्मनिर्भरताले विवेकशील नागरिकको उत्पादन हुन्छ । फलस्वरूप एकता र सद्भावको सहचार्य हुन्छ ।
व्यक्तिले चारित्रिक विकास सँगसँगै समग्र विकासको अवधारणामा विकास गनुपर्छ । जसले गर्दा कानुन उलंघनको प्रचलित परम्परालाई नष्ट हुन्छ । इमान्दार तरिकाले एकताका लागि सहयोग पु¥याउनेहरूलाई सम्मान गर्न जरुरी छ । यसका अलावा हरेक नागरिकलाई कानुनको दायरामा नजिक्याउनुपर्छ । कुनै पनि कार्यमा देखा पर्न सक्ने क्षेत्रहरूका सन्र्दभमा एक अर्काबीच एकबद्धता जनाउँदै दृढ संकल्प गर्दै राष्ट्रोन्नतिको भावनाको विकास गर्ने हो । भने एक अर्काबीचको विश्वासको जग बलियो हुन्छ । यसका साथै डर, त्रास र द्वन्द्वको अवस्थाको र्सिजना हँुदैन र शान्तिको आभास हुन्छ । यसका लागि कुनैपनि नागरिकले व्यक्तिगत स्वार्थलाई भन्दा सामूहिक साझेदारीलाई विश्वास दिलाउँदै अगाडि बढ्नुपर्ने देखिन्छ । यसका लागि राज्यका सम्पूर्ण सरोकारवाला निकायहरूले संयमित भएर काम कर्तव्य निर्वाह गर्नका साथै नागरिकहरूलाई लोकतान्त्रिक मूल्य र मान्यता प्रति सचेत गराउनुपर्छ ।
विश्व समुदायमा जति पनि कठोर जातीय तथा वर्गीय युद्धहरू भएका छन् । सबै व्यक्तिगत स्वार्थ, वदलाको भावना र नकरात्मक प्रतिपर्धात्मक होडबाजीले भएको पाइन्छ । त्यसैले आमनागरिक तथा समुदायलाई समुन्नतितिर धकेल्नका लागि दिगो शान्तिको महसुस गर्न गराउन भातृत्व सदाचार, सद्विचार, सत्संकल्प, सद्भाव, समानुपातिक प्रतिनिधित्व तथा मानवअधिकारको सुनिश्चितता लगायत अनेकतामा एकताको भावनाप्रति उन्मुख हुन जरुरी हुन्छ । विशेषतः मानवीय मूल्य मान्यताको रक्षा गर्दै नयाँ आयाममा शान्ति र सद्भाव हरेक व्यक्तिको आधार विषय हो, सहचार्य । व्यक्ति व्यक्तिबीचको सहचार्यको अभावले समृद्ध परिवारको जीवनयापन तथा समाज र राष्ट्रको समृद्धता उचाइमा पुगी प्रगति हुन सक्दैन ।
व्यक्तिगत स्वार्थमा लम्किरहेको यो समाजमा सहअस्तित्वको अनिवार्य आवश्यकता छ । जसका कारण हरेक व्यक्तिहरूका लक्ष्यहरूमा एकरूपता हुन जरुरी छ । जसका कारण कुनै पनि व्यक्ति कसैबाट पनि अपहेलित, निर्भर तथा सामाजिक एकतामा खलल नपुगोस । क्षणिक स्वार्थको कारण अरुको जीवनमा परेको असरबारे हरेक नागरिक सिर्जना हुँदैन । त्यसका लागि हरेक व्यक्ति समाज, र राष्ट्रको मान सम्मानका लागि सहअस्तित्वको अनिवार्यता छ । मानिस मानिसबीचको पारस्पारिक सम्बन्ध, सद्भाव र सद्विचारको समष्टिगत व्यवस्थापन गर्न जरुरी छ । द्वन्द्व – आन्दोलन जस्ता नकरात्मक सोचहरूबाट हरेक व्यतिहरूले संयमता अपनाउनुपर्छ । ताकि सानो तिक्तताले पनि कसैको साधारण जीवनमा कुनै पनि नकरात्मक असर नपरोस् । यसका लागि क्षणिक स्वार्थ र व्यक्तिगत लाभभन्दा सामूहिक तथा दीर्घकालीन प्राप्तीका लागि व्यक्ति–व्यक्ति बीचको सम्बन्ध एकदम निकट हुन जरुरी छ । व्यक्तिका आधारभूत आवश्यकतामा पनि विशेष
ख्याल गर्ने हो भने कुनै पनि समाजले द्वन्द्व र नकरात्मक प्रतिस्पर्धाको कु–विचार अगाल्ने वातावरणको सिर्जना हुँदैन् । यसरी व्यक्तिको सकरात्मक सहकार्यले गर्दा समकालीन साझा सवालहरूलाई समान्यीकरण गर्दै दीर्घकालीन योजना, नीति तथा रणनीतिहरूको कल्पना गर्न सकिन्छ । रिस, राग, सन्देह आदि जस्ता अनैतिक सोचाइका कारण समाजमा हत्या, हिंसा, बलात्कार, आतंक जस्ता भयानक जडशुत्रहरूको उत्पति हुन्छ । जहा“ दीर्घकालीन सकरात्मक सोचाइहरूको कल्पना र विकास हुन सक्दैन । यिनै अनावश्यक अवरोधलाई उचित व्यवस्थापन गर्न अमन चयनको व्यवस्था अनिवार्य चाहिन्छ ।
आत्मसम्मान का साथ बाँच्न पाउनु र जीवन निर्वाह गर्न पाउनु जरुरी छ । ताकी अनाहक मा कुनै पनि व्यक्ति पीडित हुनुपर्ने अवस्था नबनोस् । विगतमा विश्वमा घटेका विश्ब युद्ध हुन अथवा गृहयुद्ध, यस्ता भयमित दृष्यहरूले घच्घच्याइरहन्छ । कि मानवीय सम्बन्धको सुधार हुन जरुरी छ । कुनै द्वन्द्व, क्रान्ति तथा क्रुरताको नतिजा कहिलै पनि सकरात्मक विकास तथा मेलमिलाप हुन सक्दैन । यसले गर्दा मानवीय अस्तित्वमा नै निकै चुनौतीपूर्ण व्यवहारहरू देखा पर्दछन् । यस्तो अवस्थामा दिगो शान्ति, समृद्धि, सद्भाव, तथा एकतामा असंख्यक नोक्सानहरू व्यहोर्नुपर्ने अवस्थाको सिर्जना हुन्छ । भने अर्कातिर यदि हरेक किसिमका क्रुरतादेखि समिप नरही पारस्परिक सहचार्यको विकास हुनसक्यो भने प्रत्येक व्यक्तिका विचारहरू समग्रमा एकीकृत भए भने राष्ट्र समुन्नत हुन्छ र शान्ति र सद्भावको प्रकाशले विश्वजगतमा झलमल्लको प्रतिबिम्व झल्काउँदछ । यसका लागि भौगोलिक, राजनीतिक, भाषिक, सांस्कृतिक, धार्मिक, लैगिक, पेसा व्यवसाय तथा अन्य क्षेत्रहरूबीच सामञ्जस्यपूर्ण सहिष्णुता हुनुपर्छ । फलस्वरूप, मानवीय मूल्य र मान्यतालाई कदर गर्ने वातावरणको विकास हुन्छ । वर्तमान समाजलाई समृद्धितिर लैजानका लागि सामाजिक न्यायको शिष्टतालाई जोड दिनुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हरेका व्यक्तिहरूलाई उचित न्यायको अभाव हुने गर्दछ । यसका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा संगठित भएका संघ तथा समूहहरूको लक्ष्य परिपूर्तिका लागि प्रत्येक तह र तप्काबाट सहयोग जुटाउनु पनि दिगो शान्तिको एक मुख्य आधार हो । यदि सामाजिक न्यायलाई मजबुद बनाइयो र व्यक्ति–व्यक्ति बीच स्वनिर्भिक र सुरक्षित महसुस भयो भने सामाजिक अस्तित्व र विकासका विरुद्धमा कोही पनि आम नागरिकले समर्थन गर्न हिक्मत बढाउँदैनन् ।
चाहे देशको राष्ट्रिय राजनीति सुदृढ गर्न होस या त राष्ट्रिय सरोकारका विषयहरूलाई उचित ध्यानाकर्षणको सवाल होस्, हरेक विवादहरू जस्तै ऐन नियम, राज्यको पुनर्संरचना, विकास निर्माण, इमान्दारिता आदि मुद्दाहरूलाई न्यायिक दृष्टिकोणले संशोधन गर्नका लागि दिगो शान्ति, राष्ट्रिय एकता तथा सद्भावको स्थान महŒवपूर्ण छ । मानववीय मूल्य र मान्यताको कदर तथा संरक्षण गर्दै प्राकृतिक स्रोतसाधनको व्यवस्थित अध्ययन तथा उत्खनन् पनि शान्ति, सद्भाव तथा एकताको अनुपस्थितिमा अर्थहीन हुन्छ । यसबाट के प्रष्ट हुन्छ भने यदि राज्यका हरेक अङ्गहरू निकाय तथा सरोकारवालाहरूले सकारात्मक तवरले शान्ति प्रक्रियामा उन्मुख भइ दीर्घकालीन गहन सोच विचारमा द्वन्द्वमुक्त समाज तथा राष्ट्रको कल्पनानुरूप कदम चल्न सके दिगो शान्ति, सद्भाव र एकता कायम हुने कुरामा कुनै शंका छैैन ।
साझा बिसौनी संवाददाता ।