निर्वाचन लक्षित र्‍याली

सुर्खेत, १५ चैत ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल सुर्खेतले आगामी वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मंगलवार वीरेन्द्रनगरमा मोटरसाइकल ¥याली निकालेको छ । स्थानीय मंगलगढीचौकबाट सुरु भएको मोटरसाइकल ¥याली बजार परिक्रमा गर्दै पिपलचौतरामा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् सांसद तप्तबहादुर विष्टले जनताको विकासको चाहना पूरा गर्न नेपाली कांग्रेस सधैं तत्पर र अग्रसर रहेको जिकिर गरे । उनले यसका लागि आउँदो स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन सुर्खेतबासीसँग आग्रह गरे । आफूहरूसँग विकासको योजना र त्यसलाई कार्यान्वयन गर्ने दृढ इच्छाशक्ति भएको दाबी समेत गरे । साथै विष्टले स्थानीय तहको निर्वाचन सम्पन्न नहुँदासम्म निर्वाचनमै केन्द्रित भएर लाग्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।
नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले २०७० को संविधानसभा निर्वाचनमार्फत् सुर्खेतका तीन वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका प्रतिनिधिहरू विजयी भएपछि जिल्लाको विकास निर्माणको कार्यले तीव्रता पाएको दाबी गर्दै स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसलाई विजयी गराउन आग्रह
गरे । उनले नेपालका हरेक परिवर्तन र उपलब्धिहरू नेपाली कांग्रेसको नेतृत्वमा भएको पनि उल्लेख गरे । त्यसैले अबको मुलुकको विकास र समृद्धि प्राप्तीका लागि पनि कांग्रेसले नै नेतृत्व गर्नै भन्दै रेग्मीले उक्त जिम्मेवारी पूरा गर्न आफूहरू तयार भएको बताए । नेपाली कांग्रेस भेरीगंगा नगरपालिकाका सभापति वेदु गिरीले सुर्खेतमा कांग्रेसले जित्ने निश्चित जस्तै भएको दाबी गरे । वीरेन्द्रनगरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निर्वाचन लक्षित आमसभा गरिसक्दा पनि नेपाली कांग्रेस चुपचाप बसेको आरोप कार्यकर्ताहरूबाट लाग्न थालेपछि तरुण दलले मोटरसाइकल ¥यालीको
आयोजना गरेको हो । स्थानीय तहको निर्वाचन घोषणासँगै प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रूपमा हेरिएको वीरेन्द्रनगरमा चुनावी सरगर्मी बढेको
छ । वीरेन्द्रनगरमा एकपछि अर्को गर्दै यहाँका स्थानीय दलहरूले शक्ति प्रदर्शन गर्न थालेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केही दिन अघि मात्रै चुनाव लक्षित शक्ति प्रदर्शन गरेका
थिए । त्यस लगत्तै मंगलवार नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले पनि वीरेन्द्रनगरमा शक्ति प्रर्दशन गरेको हो ।

प्रकाशित मितिः   १६ चैत्र २०७३, बुधबार १४:३१