स्थानीय तह निर्वाचन विशेष (श्रृङ्खला–४)

सरकारले आउँदो वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ । स्थानीय तहमा नै सरकार पुग्नसक्ने गरी अधिकार प्रत्यायोजन गरिएका यी स्थानीय तहमा राज्यका प्रमुख तीन अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका प्रत्येक स्थानीय स्वरूपहरू बनाइएको छ । कार्यपालिकाको रूपमा स्थानीय तहमा गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति छ । व्यवस्थापिकाको रूपमा गाउँ सभा, नगरसभा र जिल्लासभा तथा न्यायपालिकाको रूपमा गाउँपालिका र नगरपालिकामा न्यायिक समिती रहने व्यवस्था गरिएको छ । देशभर कूल सात सय ४४ स्थानीय तह रहेका छन जसमा चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिका रहेका छन् । यी सबै स्थानीय तहमा गरेर कूल ६ हजार ६ सय ८० वडा छन् जसबाट प्रत्येक वडाबाट पाँच जना प्रतिनिधि निर्वाचित हुनेछन् । यसभन्दा अगाडिका श्रृखंलामा वडासमितिमा रहेका अधिकारहरूको बारेमा उल्लेख गरिसकिएको छ । यो श्रृखंलामा हामी गाउँपालिका र नगरपालिकामा रहेका अधिकारहरूको बारेमा उल्लेख गर्छौँ । यस श्रृखंलामा स्थानीय तहलाई दिएको एकल अधिकार र साझा अधिकारलाई अलग–अलग रूपमा प्रस्तुत गरिएको छ ।
स्थानीय तहको एकल अधिकार
१. नगर प्रहरी
– स्थानीय स्तरमा हुने सभा समारोह, परम्परा, जात्रा चाडपर्व आदि व्यवस्थापनमा सहयोग पु¥याउने
– स्थानीय सरकारले तर्जुमा गरी लागू गरेका नीति, कानुन मापदण्ड, निर्णयहरू कार्यान्वयनमा सहयोग स्थानीय सरकारको सम्पत्ति संरक्षण
– स्थानीय कानुन बमोजिम नगर सरसफाई सम्बन्धीमापदण्ड कार्यान्वयन र कसूर उपर छानवीन र अनुसन्धान
– स्थानीय तहको कार्यालय परिसर, सम्पदा, सार्वजानिक, ऐलानी, पर्ति जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा
– स्थानीयबजार, पार्किंग स्थल व्यवस्थापनमा सहयोग
– स्थानीयन्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग
– स्थानीय नगरकार्यपालिकाले तोकेका नगर गाउँ प्रहरी सम्बन्धी नीति, योजना, कार्यक्रम बमोजिमका कार्य
– संघीय तथा प्रदेश कानुनको अधिनमा रहि नगर प्रहरीको सञ्चालन तथा व्यवस्थापन नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग
– विपद् व्यवस्थापनमा सहयोग
सहकारी संस्था
– सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन
– स्थानीय सहकारी संस्था दर्ता, अनुमति, खारेजी र विघटन
– सहकारी बचत तथा ऋण परिचालनसम्बन्धी स्थानीय मापदण्ड, नियमन
– सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय विषयगत, प्रादेशिक र स्थानीय संघ–संस्थासँग समन्वय र सहकार्य
– सहकारी सम्वन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
– स्थानीय सहकारी सम्वन्धी क्षमता अभिवृद्धि
– स्थानीय सहकारी क्षेत्रको प्रर्वद्धन र परिचालन
– सहकारी संस्थाको प्रर्बद्धन र विकास
एफएम सञ्चालन
– १०० वाटसम्मका एफएम रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन
– स्थानीयक्षेत्र भित्र इन्टरनेट सेवा, टेलिसेन्टर र स्थानीय केबुलतथा तार विहिन टेलीभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन
स्थानीय कर
– आर्थिक कार्यविधि सम्बन्धी स्थानीय नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन
– बजेटसीमा, निर्धारण, तर्जुमा, कार्यान्वयन र नियमन
– स्थानीय सञ्चित कोष व्यवस्थापन
– आर्थिक प्रशासन र व्यवस्थापन
– स्थानीय तहको लगानी र लाभांशको व्यवस्थापन
– स्थानीय तहको विनियोजन, राजस्व, धरौटी, कार्यसञ्चालन कोष एवं अन्य सरकारी कोष तथा सम्पत्तिको एकीकृत विवरण, लेखा तथा लेखापरीक्षण
– सम्पत्तिकर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत, वहाल विटौरी घर जग्गा कर, मृत वा मारिएको जीव जन्तुको हाड, सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन व्यवसायिक करसम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन
– स्थानीयपूर्वाधार तथा सेवामा शुल्क निर्धारण र संकलन र व्यवस्थापन
– ट्रेकिङ्ग, कायाकिङ्ग, क्यानोनिङ्ग र्र याफ्टिङ्ग शुल्क
– स्थानीय राजस्व प्रर्वधनका लागि प्रोत्साहन
– राजस्व सूचना तथा तथ्यांकको आदान प्रदान
– स्थानीय तहमा राजस्व नियन्त्रण सम्वन्धी नीति, कानुन, मापदण्ड र नियमन
– स्थानीय पुर्वाधार सेवा र उपयोगमा सेवा शुल्क दस्तुर सम्बन्धी नीति, कानुन, मापदण्ड र नियमन
स्थानीय सेवाको व्यवस्थापन
– स्थानीय सेवाको व्यवस्थापन सम्वन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन
– संविधानको धारा ३०२ समेतका आधारमा कर्मचारी समायोजन पछि वित्तीय स्रोतका अधिनमा रही आवश्यकता अनुसार कानुनबमोजिम स्थानीय सेवाको गठन, संचालन र व्यवस्थापन
– स्थानीयतहको संगठन विकास,जनशक्ति व्यवस्थापन र वृत्ति विकास
– संक्रमणकालीनव्यवस्थापनअन्तर्गत केन्द्रीय सरकारबाट स्थानीय तहमा समायोजन भई आउने कर्मचारीकोव्यवस्थापन, उपयोग र समन्वय
– कानुन बमोजिम स्थानीय तहको संगठन संरचना तथा दरबन्दी निर्धारण
– स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रर्वधन र नियमन
स्थानीय तथ्यांक र अभिलेख संकलन
– स्थानीय तथ्याङ्कसम्बन्धी नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
– बेरोजगारको तथ्याङ्कसहित स्थानीय तहका आधारभूत तथ्यांक संकलन र व्यवस्थापन
– पञ्जीकरणव्यवस्थापन
– स्थानीयतहको तथ्याङ्कीय अभिलेख व्यवस्थापन
– स्थानीय तहमा सूचना तथा सञ्चार प्रविधियुक्त तथ्यांक व्यवस्थापन
स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरू
– स्थानीयस्तरका आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजनातथा परियोजनाहरूकोतर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन
– अध्ययन, अनुसन्धान, आयोजना प्रभाव मुल्याङ्कन
– स्थानीय तहका संभाव्य प्राकृतिक श्रोत, साधनको अभिलेख (प्रोफाइल) तयार गर्ने
– स्थानीयस्तरका विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना र नियमन
– सहरीविकास, बस्ती विकास र भवन सम्बन्धी स्थानीय तहको नीति, कानुन, मापदण्ड र योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन
– राष्ट्रिय भवन संहिता र मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन
– स्थानीय तहका सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन र संरचना निर्माण र मर्मत सम्भार
– संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग
आधारभूत तथा माध्यमिक शिक्षा
– प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक (गुरुकुल, मदरसा, गुम्वा आदि) एवम् निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन
– पाठ्यक्रम र पाठ्यसामग्री वितरण र कार्यान्वयन
– विद्यालय शिक्षक एवं कर्मचारीको व्यवस्थापन
– विद्यालय नक्सांकन, विद्यालयको अनुमति, स्वीकृति, समायोजन र नियमन
– शैक्षिक पूर्वाधार निर्माण र मर्मत संभार
– आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन
– विद्यार्थी सिकाइ उपलब्धी परीक्षण र व्यवस्थापन
– विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन
– शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन
– स्थानीय तहका शैक्षिक ज्ञान, शीप र प्रविधि संरक्षण, प्रवद्र्धन र स्तरीकरण
– स्थानीय पुस्तकालय र वाचनालय सञ्चालन तथा व्यवस्थापन
– माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन
आधारभूत स्वास्थ्य र सरसफाइ
– आधारभूत स्वास्थ्य र सरसफाई सम्वन्धी नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन तथा नियमन
– आधारभूत स्वास्थ्य सेवा संचालन र प्रर्वधन
– अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन
– स्वास्थ्यसेवा सम्वन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
– स्वस्थ खानेपानी र खाद्यपदार्थको गुणस्तर एवम् वायु प्रदूषण नियन्त्रण
– सरसफाइ सचेतना अभिवृद्धि र स्वास्थ्यजन्य फोहोर व्यवस्थापन
– फोहरमैला संकलन, पुनः उपयोग, प्रशोधन, बिसर्जन, सेवा शुल्क निर्धारण र नियमन
– रक्त सञ्चार सेवा,स्थानीय तथा सहरी स्वास्थ्य सेवा
– औषधि पसल सञ्चालन र नियमन
– अनुसूची ९ को ३ बाट स्वास्थ्य
– राष्ट्रिय तथा प्रादेशिक लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको लक्ष्य र गुणस्तरनिर्धारण
– राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरूप १०० शैयासम्मका जनरल अस्पताल र नर्सिङ्ग होम, निदान केन्द्र र अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन
– स्थानीयस्तरमा औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण
– स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रम व्यवस्थापन
– स्थानीयस्तरमा औषधी तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण तथा नियमन
– स्थानीयस्तरमा औषधिको उचित प्रयोग र सुक्ष्म जीवनिरोधक प्रतिरोध न्यूनीकरण
– स्थानीयस्तरमा औषधि र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र वितरण
– स्थानीयस्तरमा स्वास्थ्य सुचना प्रणाली व्यवस्थापन
– स्थानीयस्तरमा जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स)
– स्थानीयस्तरको प्रर्बधनात्मक र प्रतिकारात्मक, उपचारात्मक, पुर्नस्थानात्मक र प्यालिएटिभ स्वास्थ्य सेवा सञ्चालन
– स्वस्थ पोषण, शारीरिक ब्यायाम, स्वस्थ जीवनशैली लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन
– जुनोटिकर किटजन्य रोग नियन्त्रण तथा व्यवस्थापन
– सुर्ति, मदिरा र लागुपदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि
– आर्युवेदिक युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवा व्यवस्थापन
– स्थानीयस्तरमा जनस्वास्थ्य आपत्कालीन स्वास्थ्य, महामारी नियन्त्रण योजना र कार्यान्वयन
– स्थानीयस्तरमा सरूवा तथा नसर्ने रोग नियन्त्रण तथा रोकथाम
– आकस्मिक स्वास्थ्य सेवा प्रवाह
स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता (अनुसूची ९ (७) समेत) १०.१ स्थानीय बजार व्यवस्थापन
– स्थानीय व्यापार र वाणिज्य, मागर आपूर्ति, बजार व्यवस्थापन तथा अनुगमन र उपभोक्ता अधिकार एवम् हित सम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन
– स्थानीय बजार तथा हाटबजार व्यवस्थापन
– स्थानीय वस्तुहरूको उत्पादन आपूर्ति तथा निकासी प्रक्षेपण मूल्य निर्धारण र अनुगमन
– स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार
– स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन
– स्थानीयस्तरका व्यापारिक फर्म दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन
– स्थानीय व्यापारको तथ्यांक प्रणाली र अध्ययन अनुसन्धान
– निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य
– स्थानीय व्यापार प्रवद्र्धन, सहजीकरण र नियमन
– स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवद्र्धन र अभिलेखांकन
– उपभोक्ता सचेतना अभिवृद्धि, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु एवम् सेवाको गुणस्तर परीक्षण
– वातावरण संरक्षण र जैविक विविधता
– स्थानीय वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
– स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण
– स्थानीयस्तरमा प्रदूषण नियन्त्रण र हानिकारक पदार्थहरूको नियमन तथा व्यवस्थापन
– स्थानीयस्तरमा सरसफाइ र फोहर व्यवस्थापन
– स्थानीयस्तरमा न्यून कार्वनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन
– स्थानीयस्तरमा हरित क्षेत्र प्रवद्र्धन
– स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन
स्थानीय सडक, ग्रामीण सडक, कृषी सडक, सिंचाइ (अनुसूची ९(५) समेतबाट) ११.१
– स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिँचाइ सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
– स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, झोलुङ्गे पुल, पुलेसा, सिँचाइ र तटबन्धन सम्बन्धी स्थानीय तहको गुरुयोजना तर्जुमा, निर्माणरस्तरोन्नतिका आयोजना पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार, नियमन
– स्थानीय क्षेत्रमा ट्रली बस, ट्राम जस्ता मध्यम क्षमताका मास ट्रान्जिट प्रणालीको नीति, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
– राष्ट्रिय रेल पूर्वाधारको उपयोग गरी महानगरीय (मेट्रोसिटी) क्षेत्रभित्र शहरी रेलसेवा सञ्चालन, व्यवस्थापन, मर्मत सम्भार,समन्वय र सहकार्य
– स्थानीय तहमा यातायात सुरक्षा व्यवस्थापन र नियमन
गाउँसभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
– गाउँसभा, नगरसभाले आआफ्नो क्षेत्रको नीति, कानुन र मापदण्डको स्वीकृति
– स्थानीयस्तरका आवधिक योजना तथा वार्षिक योजना एवम् बजेट स्वीकृति
– स्थानीयसरकारलाई प्राप्त जिम्मेवारी बमोजिम आफ्नो क्षेत्रभित्र राजश्वका दर र अन्य शुल्क निर्धारण
– स्थानीयस्तरको प्राकृतिक श्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना
– स्थानीय सामुदायिक मेलपिलाप र मध्यस्थता
स्थानीय अभिलेख व्यवस्थापन
– स्थानीय अभिलेख व्यवस्थापन सम्वन्धी नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
– स्थानीयस्तरकोअभिलेख व्यवस्थापन
घरजग्गा धनी पूर्जा वितरण
– प्रादेशिकमापदण्ड बमोजिम स्थानीय घर जग्गा धनी पूर्जा वितरण लगत व्यवस्थापन
– भूमिको वर्गीकरण अनुसारको लगत
– स्थानीय जग्गाको कित्ता काट र भूमि लगत (नक्सा, सेस्ता) निर्माण र संरक्षण
– सरकारी प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण एवम् वितरणमा समन्वय रसहजीकरण
– जग्गाविवाद समाधान
– विश्वसम्पदा सूचीमा परेका स्मारक र पुरातात्विक महŒवका एवम् वन, सिमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत
कृषि तथा पशुपालन, कृषिउत्पादन व्यवस्थापन, पशुस्वास्थ्य, सहकारी र कृषि अनुसूची ९(४)
– कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन र पशु स्वास्थ्य
– कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
– कृषि तथा पशुपन्छी बजार सूचना, बजार तथा हाटबजार पूर्वाधार निर्माण, साना सिँचाइ निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रम सञ्चालन र नियमन
– कृषि तथा पशुपन्छीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोग नियन्त्रण
– पशुपन्छी चिकित्सा सेवा व्यवस्थापन
– कृषि वातावरण संरक्षण, जैविकविविधता संरक्षण र प्रवद्र्धन
– उच्चमूल्ययुक्त कृषि जन्य वस्तुको प्रवद्र्धन तथा विकास र बजारीकरण
– पशुनश्ल सुधार पद्धतिविकास रव्यवस्थापन
– स्थानीयचरन तथा खर्क विकास र व्यवस्थापन
– पशुआहार गुणस्तर नियमन
– स्थानीयस्तरमा तथ्यांक व्यवस्थापन र सूचना प्रणाली
– बधशालार शीत भण्डारणको व्यवस्थापन र नियमन
– कृषि तथा पशुपन्छी सम्बन्धी बीमा र कर्जा सहजीकरण
– सानासिँचाइ निर्माण तथा सुधार
जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन
– संघर प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम स्थानीय स्तरमा सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन
बेरोजगारको तथ्यांक संकलन अनुसूची ८(१७)
– रोजगार र बेरोजगारको तथ्यांक संकलन, प्रशोधन रसूचना प्रणाली
– विदेशी श्रमिकको सूचना व्यवस्थापन
कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण
– कृषि प्रसार सम्बन्धी स्थानीय नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
– स्थानीयतहमा कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन
– कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण
– बीऊ विजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन
– कृषक समूह, सहकारी र स्थानीय सम्वद्ध संघ–संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन
– स्थानीयस्तरमा कृषि सम्बन्धी प्रविधि संरक्षण र हस्तान्तरण
– कृषि सम्बन्धी सूचना प्रचारप्रसार
– स्थानीयस्तरको स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन
(यो सामग्री तन्नेरी चासो सुर्खेत र साझा बिसौनी दैनिकको सहकार्यमा तयार पारिएको हो । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेर हरेक हप्ताको बुधवार निर्वाचनसँग सम्बन्धी सामग्रीहरूको साप्ताहिक श्रृङ्खला साझा बिसौनी दैनिकमा प्रकाशित हुनेछ ।) –संयोजनः दिनेश गौतम (बाँकी अर्को साता)

प्रकाशित मितिः   १६ चैत्र २०७३, बुधबार १४:३०