पर्यटन प्रवद्र्धनको योजना

अहिलेको कर्णाली प्रदेश तत्कालीन सशस्त्र युद्धबाट सबैभन्दा धेरै प्रभावित भएको क्षेत्र हो । यही क्षेत्रमा धेरै युद्ध भए । ठूलामध्येका युद्ध पनि यही भुगोलमा भए । त्यसैमध्येको हो, रुकुम पश्चिमको ‘खारा युद्ध’ । ठूलो मानवीय क्षेति हुने गरी भएको खारा युद्धलाई इतिहासलाई अब संग्रहालयमा संरक्षित गरिने भएको छ । कर्णाली प्रदेश सरकारले रूकुमपश्चिममा ‘खारा जनयुद्ध संग्रहालय’ निर्माण गर्न लागेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संग्रहालय निर्माण गर्न लागेको हो । रूकुमपश्चिमको त्रिवेणी गाउँपालिका–६ मा निर्माण सुरु गरिएको छ ।

माओवादी द्वन्द्वकालिन गतिविधि झल्काउन ‘खारा जनयुद्ध संग्रहालय’ निर्माण कार्य थालिएको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०७५र०७६ देखि संग्रहालय निर्माणको काम थालेको थियो । उक्त आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन भएको थियो । त्यतिबेला बजेट कार्यान्वयन भएन । जग्गा प्राप्ति नहुँदा काम अघि बढ्न नसकेको हो । संग्रहालय निर्माणको निरन्तरताका लागि आर्थिक वर्ष २०७६÷०७७ मा पनि सोही हाराहारीमा बजेट विनियोजन गरिएको थियो । उक्त वर्षपनि बजेट कार्यान्वय हुन सकेन । यसैगरी आर्थिक वर्ष २०७८र०७९ मा तीन करोड बजेट विनियोजन ग¥यो । संग्रहालय निर्माणको काम हुन सकेन बजेट फ्रिज भयो । २०७९र०८० दुई करोड विनियोजन भएको थियो । उक्त वर्षपनि बजेट कार्यान्वयन हुन सकेन । जग्गा प्राप्ति नहुँदा प्रत्येक वर्ष बजेट विनियोजन भएपनि कार्यान्वयन हुन सकेको थिएन । चार आर्थिक वर्षमा जग्गा प्राप्ति नहुँदा काम अघि बढाउन नसकिएको हो । तर चालु आर्थिक वर्षबाट भने काम अघि बढेको छ ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले बहुवर्षीय योजनाको स्वीकृत गरी संग्रहालय निर्माणको काम थालेको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले संग्रहालय निर्माणका लागि एक करोड बजेट विनियोजन गरेको छ । राष्ट्रिय प्राथमिकतामा राखेर संग्रहालय निर्माणको काम अघि बढाएको जनाइएको छ । अहिले संग्रहालय निर्माणको काम धमाधम भइरहेको छ । संग्रहालय निर्माणका लागि २०७८ मा विस्तृत परियोजना प्रतिवेदन डिपीआर निर्माण गरिएको थियो । त्रिवेणी गाउँपालिका रूकुमपश्चिमले डीपीआर निर्माण गरेको हो । डीपीआर अनुसार १९ करोडको लागत अनुमान छ । यसैगरी वातावरणीय प्रभाव मूल्यांकन समेत स्वीकृत गरेर काम अघि बढाइएको कार्यालयले जनाएको छ । दश वर्ष चलेको युद्ध नेपालको इतिहासमा एउटा ठूलो घटना हो । जसका अवशेषहरूलाई संरक्षित गरेर पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने प्रयास थालिएको छ ।

प्रकाशित मितिः   ३० जेष्ठ २०८१, बुधबार ०९:२७