दुर्घटनामा दुई जनाको मृत्यु
सुर्खेत: मिनी बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सोमवार दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ को कटकुवा नजिकै बस दुर्घटना भएको हो ।
मृत्यु हुनेमा दैलेखको डुंगेश्वर गाउँपालिका ६ का २२ वर्षीय भिमसेन राना र बर्दियाको ठाकुरबाबा नगरपालिका ३ का अन्दाजी ७० वर्षीय शेरबहादुर खड्का रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दैलेखबाट सुर्खेत आउँदै गरेको मिनी बस दुर्घटना हुँदा २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वीरेन्द्रविर विश्वकर्माले बताए । उनका अनुसार घाइतेलाई उद्वार गरेर अस्पताल पु¥याइएको छ । कर्णाली प्रदेश ००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटनामा परेको उनले बताए ।
यसैबीच प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेका घाइतेहरूलाई मुख्यमन्त्री यामलाल कँडेलले भेटेका छन् । घाइतेको उपचारमा कमी हुन नदिन उनले प्रदेश अस्पताल प्रशासनलाई निर्देशनसमेत दिएका छन् ।
प्रकाशित मितिः ८ जेष्ठ २०८१, मंगलवार ११:४४
साझा बिसौनी ।