भवानी डिजिटल प्रिन्टर्सको उद्घाटन
सुर्खेत, ११ चैत ।
वीरेन्द्रनगरमा रहेको भवानी छापाखानाले फ्लेक्स प्रिन्ट सेवा सुरु गरेको छ । भवानी डिजिटल प्रिन्टर्सको नामबाट १० फिटसम्मको ब्यानर र होडिङ बोर्डको डिजिटल प्रिन्टको शुक्रवारदेखि सुरु गरिएको हो ।
करिब ४० लाखको लगानीमा यो प्रविधिको सुरुवात गरिएको हो । अब ठूलो साइजका ब्यानरहरू प्रिन्ट गर्नका लागि नेपालगन्ज जानुपर्ने बाध्यता टरेको बताइएको छ । यस उद्योगमा ६ जनाले रोजगारी पाएका छन् ।
घरेलु तथा साना उद्योग विकास समिति प्रधान कार्यालय काठमाडौंका कार्यकारी निर्देशक रमेश चन्द्र उपाध्याय, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी, घरेलु तथा साना उद्योग महासंघका छैठांै प्रदेश संयोजक चन्द्रबहादुर बिसी, नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीसहितको उपस्थितिमा उद्घाटन गरिएको थियो ।
साझा बिसौनी संवाददाता ।