जेठ ११ देखि बजेट अधिवेशन
सुर्खेत: कर्णाली प्रदेशसभाको बजेट अधिवेशन जेठ दोस्रो सातादेखि सुरु हुने भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले जेठ ११ गतेका लागि अधिवेशन आह्वान गरेका छन् ।
नेपालको संविधानको धारा १८३ को उपधार (१) बमोजिम परियारले अधिवेशन आह्वान गरेका हुन् । प्रदेश सभा सचिवालयका अनुसार दोस्रो कार्यकालको चौथो अधिवेशन ११ गते शुक्रवार दिउँसो ३ बजे बस्ने छ ।
यसअघि वैशाख १७ गते तेस्रो अधिवेशन अन्त्य भएको थियो । तेस्रो अधिवेशनमा जम्मा ११ वटा बैठक सबेका थिए । बजेट अधिवेशनमा सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउनेछ ।
प्रकाशित मितिः ३ जेष्ठ २०८१, बिहीबार १३:४७
साझा बिसौनी ।