सेल्फी महात्म्य

अब, नेपाली शब्दकोश पुरानो भइसक्यो, दिनप्रतिदिन यस्ता नयाँ नयाँ शब्दहरू थपिदै छन्, न तपाईंका हजुरबाबाले थाहा पाउनुभयो न, हाम्रा हजुरबुबाले । जसरी ‘कोटले’ प्रभाव जमाएर गयो, पछिल्ला पटक यस्तै आयातित शब्दहरूले ठूलो प्रभाव जमाइसकेको छ, त्यो तपाईंहरूलाई पनि थाह भएकै होला, कि कसो हजुर ? हजुर र गजुरको दुनियाँमा यो सेल्फी हजुरको महात्म्यलाई कहाँबाट सुरु गरौं ? यसले नेपाली समाजलाई एउटा माकुराको जालोले छोपेझै छोपिसकेको छ । नेपालको भौगोलिक संरचना अनि सबै ठाउँमा उत्तिकै प्रभाव जमाइसकेको शब्द हो ‘सेल्फी’ । अचम्म ! सेल्फी । कतिले गीत पनि गाइसकेका छन्, सेल्फीको जमाना… ए हजुर ! सेल्फीको जमाना… । वा सेल्फी हानौ न… ओ डारलिङ तिमी र म सेल्फी…।
यसको अंग्रेजी शब्दको अर्थ के हुन्छ यो तपाईंहरूलाई नै सोच्ने ? फुर्सदमा भन्नुहोला ! सूचना र प्रविधिको विकाससँगै बजार जमाउन सफल शब्द हो यसले मोबाइलमा आफ्नो प्रभाव जमाइसकेको देखिन्छ । यसको प्रयोगले कत्तिको घरबार, कतिको मायाप्रिति छुट्नुकासाथै कत्तिले आत्महत्या गरेको कुरालाई नकार्न सकिदैन । तै पनि यसको महात्म्य दिन प्रतिदिन बढ्दै गएको छ । यसै अवसरमा एउटा घटनालाई प्रस्तुत गर्न चाहन्छु ।
एक पटक नवदाम्पत्य जोडी हनिमुनका लागि चितवनको सौराहतिर हानिएछन् । उनीहरूका सेल्फी सौराहका विभिन्न स्थानमा हान्नेक्रममा राष्ट्रिय निकुञ्ज नजिकै हात्तीसँगै उनीहरूलाई सेल्फी हान्ने मन लागेछ र जोडीहरू हात्ती नजिकै उभिएर सेल्फी लिँदै रहेछन् । पछाडिबाट हात्तीले उछिट्याइ दिएछ, संयोग माउतेहरू त्यही नजिकै रहेछन् । जंगति हात्ती पो रहेछ । उनीहरूको उदार भएछ । धन्न भाग्य राम्रो रहेछ । तपाईं पनि त्यसो त गर्दै हुनुहुन्न ? आजभोलि सेल्फी क्रेज पनि कति बढेको जहाँ पनि मुख विगारिदियो अनि सेल्फी लेखदियो । हुँदा हुँदा एउटा मुर्दा चितामा जलाइरहेको छ, त्यसैको अगाडि उभिएर फलानो मेरो परममित्र…अगाडि एक सेल्फी । यो मित्रताको पराकाष्ठ हो कि ? त्यसको मृत्यु पछि पनि कस्तो उपहास बुझ्नै कठिन भो ? अब कसरी एडिक्सनले आफ्नो लतलाई प्राप्त गर्नका लागि जस्तो सुकै मूल्य चुकाउन पछि पर्दैनन् त्यसै भइसकेको छ यो शब्द । त्यसैले यसलाई त म सेल्फी दुव्र्यसनी भन्छु ।
नेपालीको साझा विशेषता । म पनि नेपाली तपाई पनि नेपाली सबैको साझा विशेषता एउटा नांग्लो दियो भने चारवटा नांग्लोको गफ लगाउने । हुँदाहुँदा पछिल्लो समय लठ्ठीको प्रयोग । पहिले पहिले पशुलाई तह लगाउन यसको प्रयोग गरिन्थ्यो तर अहिले मानिसका लागि यो वस्तु प्रयोग हुँदैछ त्यो पनि सेल्फीस्टिक रे ! कस्तो…! मानिसको यो सुन्दर अनुहारमा कहिले सुंगुरको चोचोजस्तो, कहिले कुकुरको जस्तो…के–के हो ? त्यसको जस्तो बनाउँदै त्यसैसँग मित्रता गास्न उत्साहित युवायुवतीको जमातमा एउटा विषलु भाइरसका रूपमा स्थापित भइसकेको छ । यो सेल्फी पोज पछिल्लो समय यसका प्रयोगकर्ताहरू संस्कार अनि सांस्कृतिक छाडा हुँदैछ । त्यसैमा तपाईं हामी रम्दै गर्व गरिरहेका छौं । फोटो पनि त एउटा सम्झाना हो त्यस कुरालाई पशुसँग उपयोग गरेर दाँज्दा के अर्थ ?
त्यसैले मित्रहरू तपाईंहरूमा पनि सेल्फी क्रेज छ भने एउटा अर्को महात्म्य प्रस्तुत गर्न चाहन्छु । एक दिन मेरा परममित्रकी साथी वनभोज आयोजनाका क्रममा कर्णाली पुलतिर लागेछन् । स्वभावले चञ्चले सेल्फी क्रेजी उनका स्वभाव यस्तो ठाउँ पाएपछि उनलाई के चाहियो ? सम्पूर्ण साथीहरू कर्णाली पुलसँगैको नजिकको जगलतिर हानिएछन् । त्यससँगै त्यहाँको सौन्दर्यता अनि त्यस दृष्यले उनलाई एकाएक तानेछ र सेल्फी क्रेजको सीमाले उनलाई रोक्नै सकेनछ । नदी किनार किनारै साथीहरूभन्दा माथि कर्णालीको किनारै किनार माथि पुगेर ठूलो ढुंगामा उभिएर सेल्फी हान्दै रहेछिन् । संयोग ढुंगामा लेउ जमेका कारण चिप्लेर त्यही कर्णालीमा विलय भइछिन् । एकै क्षणमा हल्लाखल्ला मच्चियो बचाऊ ! बचाऊ ! कसले सक्ने बचाउन सेल्फी महाराज बाहेक । हेर्दा हेर्दै कर्णालीले निल्यो । अहो त्यो डरलाग्दो घटना अनि फोटो खिचाइ । त्यसकारण मित्रहरू तपाईं पनि त्यसको क्रेजमा परिसक्नुभएको छ भने त्यसबाट टाढा रहनुहोला । यहाँ प्रस्तुत गरिएका दुवै घटनामा संयोग मात्र हो । कतै बाँचे कतै मरे त्यसैले दुर्घटनाको सिकार बच्न सजग र सुरक्षित फोटोको कामनासहित सेल्फी महात्म्य बन्द गर्दछु र अर्को नुल(ल्ग्ीी) महात्म्यमा भेटौंला ।

प्रकाशित मितिः   १२ चैत्र २०७३, शनिबार १४:१९