गंगासागरको तीर्थ यात्रा

अरु तीर्थ बारम्बार गंगासागर एकबार । अर्थात् गंगासागर स्नान वर्षको एकपटक माघे संक्रान्तिमा मात्र । पौसको कठ्याग्रिदो चिसोमा टोलछिमेकका नातेदार, दिदीबहिनी, भाउजु, साली नाता पर्ने सबै एक आपसमा खासखुस कुरा गर्दै थिए । काम नपाएका, दिन खाएका र व्यवहार सुम्पिएका महिलाहरू प्रायः केही पैसा भयो कि त एक आपसमा तीर्थको कुरा निकाल्ने, आफ्नो आफ्नो श्रीमानलाई होस् वा छोरा बुहारीलाई होस् लौन फलानो तीर्थ घुम्न बाँकी थियो, जान पाए हुन्थ्यो भन्ने गुनासो पोख्दै जाँदा हाम्रो घरमा पनि त्यही हावाले छोडेन । ‘लौन बुढा, सबै दिदीबहिनी जाने रे, हामी पनि सुसार कसौं न’ भन्ने जिकिर आयो । थाहा नहुँदा, मन नहुँदा, पैसा नहुँदा पनि एक दिन जाने निर्णयमा पुगियो ।
कसरी जाने त ? कोही भन्न लागे, सलल हुँइकिने रेलैमा, कोही भन्न लागे। रिजर्भ बसैमा । यसैमा दोहोरी चल्यो, भनाभन भयो । पुरुष वर्ग चुपचाप भयौं । महिलाको जमात महिलाकै निर्णयमा रिजर्भ बसैमा । घरमा सातु, चामल, चिउरा अचार जम्मा पारियो । थाल, गिलास, पाकाउने भाँडा र ग्यासको पनि व्यवस्था भयो । २०७३ पुस २६ गते नेपालगन्जमा सबै जम्मा भयौं । पुस २८ गते नेपालगन्जबाट भारतीय राजदुताबासको परमिट नेपालको बस रिजर्भ गरी जाने निधो भयो । २ जना ड्राइभर र १ जना दोभासे जगदम्बा प्रसादको जिम्मामा बस छुट्यो । नेपालगन्जबाट पुस २८ गते मध्यान्ह १२ बजे । रूपैडिहा बहराइचमा केही कागज मिलाउँदा मिलाउँदै दिनको समय गयो । ३६ घण्टाभित्र अर्थात् माघ १ गते गंगासागर पुग्ने हिसाबले रातदिन गाडी पालैपालो कुदाए । पुग्न त पुगियो कलकत्ता सागरमा, पानी जहाजमा चढ्ने क्रममा जाममा सोझो बाटो पत्ता लगाउन कलकत्तामा समय पनि लाग्यो । कलकत्ता पुग्दासम्म बस चालकसहित ३१ जना थियौं । तीन जना बसमा रहेर २८ जना पानी जहाजमा चढ्ने क्रममा सुर्खेतका एकजना नगेन्द्रप्रसाद धमला ठेलठेलमा जहाजमा चढ्न सक्नुभएन, कलकत्तामा बेपत्ता हुनुभयो । पानीजहाजबाट ओर्लेर पुनः बस चढ्नेक्रममा एक जना पाको व्यक्ति थानेश्वर दाइ पनि बेपत्ता । नेपाली मोबाइल काम नलाग्ने । एक जनासँग मात्र भारतीय मोबाइल सीम भएकोले फाट्टफुट्ट सम्पर्क हुन्थ्यो, हराएकाहरूसँग सम्पर्क भएन । नेपालको एक कुनाबाट धेरै दिन अगाडिदेखि सोच राख्दै १ गते स्नान गर्ने दिन गुज्रदै थियो । भएका सेबैले ‘जे भयो भयो, आज त स्नान गर्नैपर्छ’ भनेर गंगासागरमा राती ९ बजे जम्मा भयौं । भेल आए जस्तो, पानीले छाल हाने जस्तो, आफ्नो पहुँच फैलाउँदै थिइन् गंगा । स्नानपछि भएका दियो बत्ती दान दक्षिण ग¥यौं ।
अझै पनि तीर्थ यात्री हराउने हुन कि भनेर हामी सतर्क हुने विचार ग¥यौं । चार जनाको सक्रियता दुर्गाप्रसाद काफ्ले, हेमकान्त रिजाल, कृष्णलाल दाहाल र महिला उमा श्रेष्ठले विशेष चनाखो भइ रेखदेख गरी यात्रा गर्ने निधो ग¥यौं । गर्न पनि प¥यो, मानवीय धर्म । २०७२ वैशाखमा भुइचालोले भारतीय र नेपाली सवैलाई च्यापेको हो । भारतबाट फ्रि मोबाइल कल, अन्य मानवीय सहयोग भएको हो । तर यस्तो धार्मिक भारतीय जनसागरमा थोरै नेपालीलाई भुइँचालोको चेपाईँ जस्ता भयो । एकै हिन्दु भएर तीर्थ, मन्दिर, कुम्भ मेलामा नेपालीलाई केही नभए पनि सम्पर्क सञ्चारमा राख्न अनिवार्य छ । यो हाम्रो गुनासो हो, कार्यान्वयनको लागि दुवै देशले पहल गर्नुपर्छ । २०७३ माघ २ गते हराएका व्यक्तिसँग भेटघाट हुने झिनो आसा राख्तै गंगासागर मेला दर्शन ग¥यौं । कपिलदेव भागवान्को आश्रममा २५, ३० जना नंगाबाबाको दर्शन गरेर बिहानको खाना नास्ता गरी पुनः कलकत्ता फर्किने काम भयो । फर्कदा पनि उस्तै भिडभाड । राती २ बजे कलकत्ता पानी जहाजबाट उत्रेर आफ्नो बस खोजी ग¥यौं । पहिलेको पार्किङ्ग क्षेत्रबाट सरेकोले बस समयमा भेटाउन मुस्किल भयो । बल्लतल्ल बस भेटाएर बाँकी रात बसैमा बितायौं ।
कलकत्ताबाट फर्किने क्रममा जगन्नाथपुरी धाम, उडिसा जाने निधो भयो । बाटामा पर्ने धेरै साना बजार देखियो । भाषाको अज्ञानताले जान्न सकिएन, बंगाली, उडिसाको भाषा मात्र । जगन्नाथपुरी पुग्दासम्म दोहोरो गाडी चल्ने फराकिलो बाटोमा पानी, स्थान हेरी खाना पकाएर खायौं । एक रात जगन्नाथ धाममा बस्यौं । समुन्द्र तटमा स्नान गरी दान पुण्य कार्यक्रम भयो । त्यहाँ मन्दिरमा भक्त यात्रीहरूलाई हाडीमा पकाएको दाल भात प्रसादको रूपमा लिनुपर्ने रहेछ । ‘जगन्नाथको छडी, बद्रिनाथमा चढी’ भन्ने चलन प्रख्यात रहेछ । यही छडी बद्रिनाथ तीर्थ जाँदा छोड्नुपर्छ रे ।
जगन्नाथ धामबाट फर्किने क्रममा बनारस पुग्दासम्म बाटोमा धान रोपेको, धान रोप्ने बीऊ हरियाली देख्दा नेपालको वर्षायाम जस्तो लाग्यो । बनारस गंगाजीमा पनि स्नान ग¥यौं । त्यसपछि अर्को दिन प्रयागराज इलाहाबाद माघे मेला हेर्दै गंगा, जमुना, सरस्वती संगममा स्नान ग¥यौं । त्यसपछि इलाहावाद, फैजावाद हुँदै अयोध्या सरयू नदीमा स्नान ग¥यौं । सरयू नदी नेपालको महाकाली, कर्णाली, भेरी, बबई, राप्ती नदीको संगम पनि हुन् । माघ ८ गते सरयू नदीमा स्नान, दान कर्म गरी अयोध्या रामराज्यमा संक्षपमा अन्य मन्दिरमा दर्शन ग¥यौं । राममन्दिर निर्माणमा सबै हिन्दुहरूलाई सहयोगको अपेक्षा भएको पण्डितजनबाट बुझियो । माघ ८ गते बेलुकी ५ बजेतिर नेपालगन्जको धम्बोझी चौकमा जम्मा भइ विदावारी गरी आफ्नो गन्तव्यतिर लाग्यौ । सुर्खेत आइपुग्दा हराएका व्यक्तिसमेत फर्किएकाले तीर्थयात्रामा नराम्रो घटना भएन । सहज असहज हुँदै तीर्थ यात्रा सम्पन्न भयो । अन्तमा गंगासागर तीर्थयात्रामा जाँदा, जाने बुझेको धेरै अनुभवी व्यक्तिसँग मात्र यात्रा गर्नुहोला ।