सिंजाको राजधानी, वाङ्मयको खानी

बेलुकाको अँध्यारो छाउन थालेको थियो । खोलामा भ्यागुता स्वारट्वार गरी रातको संकेत गरिरहेका थिए । झ्याउकुरी नँन्ननन्न गरी बासी रहेका थिए । श्रीस्थान, पादुकास्थानमा अखण्ड दीपले झलमल भइरहेको थियो । महाभुमा सूर्यले खुट्टा पसारी हिमालतिर उक्लिरहेका थिए । कविराज रेग्मीले देउडामा सटार हान्नुभयो ः
श्रीस्थानको लट्या जोगी भाङ खानाको भोगी ।
पानी माथी बत्ती बल्छ सिंजाराज्य हो की ।।
अँध्यारोसँगै हामीहरू बसेका गाडीहरू उकालो लागे । म बसेको गाडी भने उकालो चढ्न नसकेकोले धकल्नु पथ्र्यो । एक जनाले धकेले पनि पजेरो अगाडि बढिहाल्थ्यो । पालो–पालो गरेर तेजबहादुर, कवि र मैले धकेल्ने गरिरहेका थियौं । धुलै धुलोको पाउडरबाट रंगीदै अगाडिका गाडीहरू पर्खेर बसेकालाई भेट्यौं । यावत रूपले रावतकोट चगत्रा, कियातिदु, पौवा साहुवाडा बजार हुँदै चाँदनीचौक दुल्लू ९ बजे राती पुगेका थियौं । सबै बजारमा हामीहरूको प्रायः नाम, पद, उच्चाहरण गरी लोकगीतद्वारा विभिन्न भाकामा मिलाएर गाउँदै जन्ती बसाउने जस्तै टीका माला अविर लगाएर भव्य स्वागत गरिएको थियो । सिंजालीहरू पाहुनाको आफ्नो गच्छेले भ्याएसम्म स्वागत गर्ने प्रचलन छुटेको रहनेछ भन्ने झल्किएको थियो ।
यात्रा भरी दैलेख सिम्तामा परम्परादेखि समाजमा लोक साहित्यका अनेक विद्याको लोकभाषीकामा रहेका उखान टुक्का, थेगो विषयमा निकै चर्चा परीचर्चा पाएको थियो । उपकुलपतिजिको जिज्ञासामा पनि यसैमा केन्द्रित थियो । उहाँले यो पुरानो मानवथलो सिंजाराज्यको सिंजाली भाषिका नै नेपाली राष्ट्रिय भाषा हुन पुगेकोले यहाँको लोक साहित्य विभिन्न विद्याका विभिन्न भेकमा बोलिने स्थानीय भाषिकाले थप भाषामा माग राख्नेछ भन्दै संकलन गरी पठाउन समेत मलाई भन्नुभएको थियो । मैले पनि मेरा विभिन्न कठिनइ त छन् सकेसम्म कोशीस गर्नेछु भनेको थिएँ ।
देशका विभिन्न भागबाट आउनु भएका प्रज्ञा मित्रहरू कोही हाम्रो सन्तान यही छन् बोलाएको भनि जानुभयो । प्राज्ञ जगत उपाध्याय पनि आफ्नो घर यही भएकोले हामीहरूलाई यही चाँदनी बजारको होटलमा खाने बस्ने व्यवस्था मिलाइ घरतिर लाग्नुभयो । दिनभरीको अवलोकनमा थाकेकोले विस्तरामा ढल्न साथ निदाउन पुगेको थिएँ । सपनामा श्रीस्थानको अखण्ड दीप नै ज्वलनशील ग्यास तेल हो, राज्यले निकाल्दै ठूलो कारखाना प्रशोधन गर्न थालिरहेको देख्दा–देख्दै नै बिहान ब्यूँझिएको थिएँ ।
बिहान ओछ्यान घाम आउने दुल्लू डाँडोबाट पनि दैलेख जिल्लाका सबै बस्ती खोला नाला डाँडाहरू देखिन्छन् । म दैनिकी लेखी चिया खाएर बाहिर चारैतिर नियालेर हाउडी व्याउली महावु उच्च लेकहरू हेरिरहेको थिएँ । सिंजा राज्य विस्तारमा नेपालका विभिन्न भागमा बस्ती विस्तार गएका सन्ताहरू धेरै लामो समयपछि भाषा संस्कृती, इतिहास विषयमा विवेचना, अवलोकन गर्न आएकोमा खुशी व्यक्त गरिरहेका थिए । चारैतिर घर गाउँमा हरिया सुन्तलाका रुखहरूले बस्ती सिंगारीएको थियो । दैलेख खलंगाबाट गढीले सलामी टक्र्याइरहेको थियो । आकाशमा फाट्फुट बादल मडारिएको थियो । माथि लेकमा कोइली बसन्तको बहारसँग कुहुकुहु बासिरहेका थिए । सिंजा राज्यको दुल्लूद्वारा चलमलाउन थालेको थियो । बेलुकाको खशी मासु हो वा चिसोले छोएर हो मेरो पूरै शरीर कडासँग दुखिरहेको थियो । आफ्नो बाइक ल्याएका साहित्यकार प्रा. मित्रहरू साथि राखेर एकाबिहानै त्यहाँका पौराणिक तथा आध्यामिक स्थल अवलोकन गर्न सुइकुच्चा ठोकिसक्नु भएको थियो । म भने यी सबै स्थानको मन फुकाएर अवलोकन गरौंला भनेकोमा शरीर दुखाइले न लेख्नसक्ने न हिँड्नसक्ने अवस्था पु¥याए पनि एक पटक नेपालकै सबैभन्दा पुरानो साउन कार्कीले उल्लेख गरेको इतिहासिक कीर्तिस्तम्भ नजिक रहेकोले हेर्न गएँ । स्तम्भ नजिकमा उभिएर सोचे कुनै समय मेरो सिम्ताली सिंह पुर्खाले यहि सिंजाली दरवारसँग वैवाहिक सम्बन्ध जोडेको सन्देश दिने लोक साहित्य ‘दुल्लू माइत जाऊ’ कर्खा सम्झें । त्यस्तै सिम्ताली सिंह, सल्यानी शाही र दुल्लू दरवारसँग वैवाहिक सम्बन्ध जोडेको सन्देश दिनै ‘सतीकलासाको धमारी’ सिम्तामा गाउँने सम्झदै कीर्ति स्तम्भको फोटा लिएँ । अहिले पनि यति महŒवपूर्ण इतिहास झल्काउन स्तम्भको राम्रो संरक्षण व्यवस्था नभएको देखि मन दुखाउँदै होटलमा फर्केर आएँ ।
सबै आगन्तुक प्राज्ञ, साहित्यकारहरू बिहानको क्रियाक्रम सकेर ८ बजे हाम्रो टोली द्रोणाञ्चल क्याम्पसको निमन्त्रणामा प्रांगण दुल्लूमा गयौं । त्यहाँ अविरफूल हातहात दान राखिदिएर सुकन्याहरूले स्वागत गर्नुभएको थियो । चिया बिस्कुट खाजा खुवाएर स्वागत गरिएको थियो । क्याम्पस प्रमुख नरबहादुर बोहराले ४७ रोपनी जगा घर किर्ती ध्वज शाहीले उपहार स्वरूप दिएको जानकारी दिएँ । २०५९ सालमा ५७ जना विद्यार्थी बाट सुरु गरिएको क्याम्पसमा अहिले चार सय भर्ना रहेकाछन् ।
प्राय ः प्राज्ञ आगन्तुक पाहुनाले सिंजा साम्राज्यको राजधानी नेपाली भाषाको उत्पत्तिको थलो, लोक साहित्य वाङमयको यो धर्ती उत्थान गर्न लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यही बस्तीबाट सरेर यहीको धर्तीका स्थान विशेषका जातको उत्पत्ति भएको समेत चर्चा गर्नुभएको थियो । कहिले प्राज्ञ मित्रहरूले यही दैलेखमा ददी ऋषीले तपस्या गरेको कुरा उल्लेख गर्नुभयो । रामायणमा लक्षमणलाई रावणले वाण हानी घाइते बनाएकापछि रामले संजिवनी बुटी ल्याउन यहीं रहेको विद्यान्द्याचल पर्वत खोज्न पठाएको र बुटी पहिचान गर्न नसकेपछि पर्वत नै उचालेर लिएकोले उक्त देव भूमि भएको गुह्य कुरा खोल्नु भएको थियो ।
उक्त अवलोकनपछि हामी पुनः होटलमा फर्केर आइ खाना खाएर १२ः३० वजे कार्यक्रम स्थल गयौं । हामीहरूलाई माइतीले जन्तीलाई पर्छने जस्तो गरी पञ्चे बाजागाजाले स्वागत गर्दै अविरमाला लगाउँदै कार्यक्रम स्थलमा भिœयाउनु भएको
थियो । चारैतिरका ठूलो संख्या उपस्थित जनसमूह र उच्च पहाडी लेकहरियो वनले पनि स्वागत गरिरहेका थिए । म भने यो सिंजा साम्राज्यको राजधानी वाङमयको खानी नै भएको अनुभूत गरी रोमाञ्चित भइरहेको थिएँ ।

प्रकाशित मितिः   १२ चैत्र २०७३, शनिबार १४:१७