उपशाखाको साधारणसभा

साझा बिसौनी संवाददाता
सुर्खेत, २२ माघ । 
नेपाल रेडक्रस सोसाइटी उपशाखा लाटीकोइलीको १२ आंै वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभाले साङ्गठनिक तथा आर्थिक प्रतिवेदनका साथै आगामी वर्षका लागि प्रस्तावित कार्यक्रम पारित 
गरेको छ ।
उपशाखाको एक लाख ४५ हजार रूपैयाँ बैंक मौज्दात रहेको जनाइएको छ । त्यस्तै आगामी आर्थिक वर्षका लागि दुई लाख १४ हजार बराबरको बजेट समेत प्रस्ताव गरिएको छ । 
उपशाखाका सभापति कृष्णबहादुर थापाको सभापतित्व एवम् जिल्ला शाखा उपसभापति देवबहादुर गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा जिल्ला शाखाका मन्त्री प्रदिप्त पौडेल, जनसेवा उच्च माध्यमिक विद्यालय घुस्राका प्रधानाध्यापक भक्तबहादुर शाही, उपशाखा लाटीकोइलीका पदाधिकारी, सदस्य, विद्यार्थी लगायत करिब ७० जनाको सहभागिता रहेको थियो ।