रणनीतिक योजना बनाइने

साझा बिसौनी संवाददाता
सुर्खेत, २२ माघ । 
सुर्खेत जिल्लाको पूर्ण सरसफाइ रणनीतिक योजना फागुन महिनाभित्र निर्माण गरिने भएको छ । जिल्लालाई पूर्ण सरसफाइ युक्त बनाउनका लागि रणनीतिक योजना निर्माण गरिने भएको हो । 
रणनीतिक योजनाको खाका तयार गर्न कार्यदल पनि गठन गरिएको छ । जिल्लास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव आविद हुसैनको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदललाई यही माघ २७ गतेभित्र खाका तयार पारी २८ गते पेश गर्न पूर्ण सरसफाइ रणनीतिक योजना निर्माण उपसमितिले दिएको जिम्मेवारी दिएको छ । 
त्यस्तै खाकालाई पूर्ण रूप दिनका लागि फागुन ६ गते जिल्लास्थित सरोकारवालाहरूसँग गोष्ठी सञ्चालन गरिनेछ । गोष्ठीबाट आएका सुझावलाई समेत समावेश गरी फागनु १५ गतेभित्र ड्राफ्ट तयार पार्ने र २० गते बस्ने डीवास–सीसीको बैठकबाट उक्त रणनैतिक योजना पारित गराउने योजना रहेको जनाइएको छ ।
प्रकाशित मितिः   २३ माघ २०७२, शनिबार १०:५७