स्थापना दिवसमा फलफूल वितरण

साझा बिसौनी संवाददाता
सुर्खेत, २२ माघ । 
प्रेस चौतारी नेपालको १८ औं स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरस्थित देउतीबज्यै मन्दिर परिसरका असहाय नागरिकहरूलाई फलफूल वितरण गरिएको छ । दिवसको अवसर पारेर प्रेस चौतारी नेपाल जिल्ला समिति सुर्खेतले शुक्रवार बिहान उनीहरूलाई फलफूल वितरण गरेको हो ।
मन्दिर परिसरमा मागेर जीविकोपार्जन गर्दै आइरहेका करिब दुई दर्जन उनीहरूलाई फलफूल वितरण गरिएको छ । फलफूल वितरण कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपाल जिल्लासमिति सुर्खेतका अध्यक्ष सूर्यप्रकाश कँडेलले सामाजिक सेवा अन्तर्गत चौतारीले आफ्नो स्थापना दिवसको अवसरमा सडकमा मागेर गुजारा चलाइरहेका असहाय व्यक्तिहरूलाई फलफूल वितरण गर्ने कार्यक्रम आयोजना गरेको बताए । 
फलफूल वितरण कार्यक्रमलाई शुक्रवार नै जन्मदिन परेका चौतारीका साधारण सदस्य त्रिभुवन बिसीले आर्थिक सहयोग गरेका थिए । कार्यक्रममा प्रेस चौतारी नेपाल सुर्खेत शाखाका सल्लाहकारद्वय युवराज शर्मा, लक्ष्मण भण्डारी, नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारती लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः   २३ माघ २०७२, शनिबार ११:०९