क्षेत्रीय सभापतिमा कोइराला

साझा बिसौनी संवाददाता
सुर्खेत, २२ माघ । 
नेपाली कांग्रेस क्षेत्र नं. २ को सभापतिमा नारायण कोइराला विजयी भएका छन् । शुक्रवार सम्पन्न निर्वाचनमा एक सय ५३ मत प्राप्त गरी कोइराला सभापतिमा विजयी भएका हुन् । उनले कर्णबहादुर रानालाई पराजित गरेका हुन् । रानाले केवल ६९ मत प्राप्त गरेका थिए । 
कार्यसमितिको सचिवमा भुपेन्द्रबहादुर सुवेदी र कोषाध्यक्षमा दुर्गबहादुर खत्री निर्वाचित भएका छन् । यस्तै ९ जना सदस्यहरूमा इन्द्रलाल पौडेल, उमाकान्त पाण्डे, गणेशकुमार पन्त, जंगबहादुर दमाई, वीरबहादुर वली, विष्णुप्रसाद थानी, भीमप्रसाद सुवेदी, राजबहादुर गुरुङ्ग र सरस्वती पन्त निर्वाचित भएका छन् । क्षेत्रीय कार्यसमितिमा निर्वाचित सबै संस्थापन पक्षका हुन् । जिल्ला कार्यसमिति सात जनामा दलिततर्फ कालुराम धौलाकोटी निविरोध निर्वाचित भएका छन् । बाँकी ६ जनामा गोविन्दबहादुर कोइराला, टेकबहादुर सिंह ठकुरी, देवकुमार ठाडा, गंगाकुमारी चन्द शाही, चन्द्राकुमारी खड्का र अपाङ्गमा थीरबहादुर ढकाल निर्वाचित भएका छन् । 
त्यसैगरी राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा हृदयराम थानी डम्बरविक्रम जीसी, कमलराज रेग्मी, श्यामकुमार भारती, देवबहादुर चन्द, गोपालकृष्ण गिरी, पार्वती गिरी, शान्ति सिंह, अब्दुल गफुर, भीमबहादुर शाही परियार र कमल गुरुङ्ग निर्वाचित भएका छन् । जिल्लासमिति, क्षेत्रीय समिति र राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित ३० जना नै संस्थापन पक्षका हुन् ।
जिल्लाको निर्वाचन क्षेत्र नं. १ र ३ को निर्वाचन आज (शनिवार) हुँदैछ । क्षेत्र नं. १ को सभापतिमा अनन्त पौडेल र खड्गबहादुर पोख्रेलको उम्मेदवारी परेको छ । त्यस्तै सचिवमा दीपेन्द्रकुमार डाँगी, मोहनसिंह खत्री, खड्गबहादुर चन्द, प्रकाश जीसी र मनविर विष्ट गरी पाँच जनाको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा ज्ञानेन्द्रबहादुर वली, चन्द्रबहादुर बुढा र शिवप्रसाद ढकालको उम्मेदवारी परेको क्षेत्र नं. १ का निर्वाचन अधिकृत विवशकुमार बस्नेतले जानकारी दिए । नौ जना सदस्यका लागि १८ जनाको उम्मेदवारी परेको छ भने ११ जना राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि २७ जनाको उम्मेदवारी परेको बस्नेतले जनाए । क्षेत्रबाट जिल्ला कार्यसमिति सदस्यमा दलिततर्फ बागविर दमाइ, पीछडिएको क्षेत्रबाट नेत्रबहादुर वादी, जनजातिबाट मानबहादुर बुढा मगर तथा महिलाबाट सरस्वति सिंह र निर्मला शाही निर्विरोध निर्वाचित भएका छन् । 
खुला सदस्य दुई जनाका लागि आठ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं. ३ को सभापतिमा लालवीर भण्डारी र कृष्णबहादुर खड्काले उम्मेदवारी दिएका छन् । सचिवमा कृपाराम थापा र कोषाध्यक्षमा नेत्रबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिमा दलितबाट खड्गबहादुर बस्याल, महिलाबाट रामकुमारी थापा र हिमाकुमारी वन, अल्पसंख्यकबाट कनैयालला राजी र जनजातिबाट दिपक थापा मगर निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधि खुलातर्फ भने ६ जनाका लागि नौ जनाको उम्मेदवारी परेको छ । क्षेत्रबाट जिल्ला कार्यसमितिका लागि भुपेन्द्र खत्री, देवीराम उपाध्याय, शोभा शर्मा, चाँदनी ढकाल, खड्गबहादुर रामजाली, रूपेन्द्रकुमार यादव र भगे कामी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अम्मरबहादुर रोकायले जानकारी दिए ।
प्रकाशित मितिः   २३ माघ २०७२, शनिबार ११:१४