छिमेकी शिविरमा रक्तदान
साझा बिसौनी संवाददाता
सुर्खेत, २२ माघ ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालय सामाजिक कार्य विभागले गरेको छिमेकी शिविरको अन्तिम दिनको शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् ।
त्यसैगरी सोही अवसरमा २ सय जना बढीले रक्तचाप परीक्षण गरेको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए ।
सामाजिक कार्यविभागले यसअघि पहिलो दिन सरसफाइ कार्यक्रम सम्पन्न गरेको थियो भने दोस्रो दिन सुर्खेतमा क्रियाशील सरकारी एवम् गैरसरकारी संघ–संस्थाहरू संयुक्त राष्ट्र संघसँग आवद्ध संस्था, उच्च कृषि मूल्य कृषि वस्तु आयोजना, किर्डाक, सुन्दर नेपाल, स्याक आदि लगायतसँग अन्तरक्रिया सम्पन्न गरेको सामाजिक कार्य विषयका उपप्राध्यापक धनुष पाठकले जानकारी दिए ।
साझा बिसौनी संवाददाता ।