बजाजका नयाँ मोडल सुर्खेतमा

साझा बिसौनी संवाददाता
सुर्खेत, २८ चैत ।
बजाज कम्पनीले एभेन्जरका नयाँ मोडलका मोटरसाइकल बजारमा ल्याएको छ । एभेन्जर २२० क्रुज, एभेन्जर २२० स्ट्रिट र एभेन्जर १५० स्ट्रिट मोडलको मोटरसाइकल बजारमा ल्याएको हो । आइतवार सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेती र बजाज कम्पनीका सुर्खेतस्थित आधिकारिक बिक्रेता असिम अटो पार्ट्सका सञ्चालक लक्ष्मण क“डेलले संयुक्त रूपमा लन्च गरेका छन् ।
पृथक डिजाइन, अत्याधुनिक प्रविधिबाट निर्माण गरिएका ती मोटरसाइकललाई विशेषगरी युवाहरूको आकर्षण बन्ने विश्वास व्यक्त गरे ।