कल्याणकारी युनियनमा थापा

साझा बिसौनी संवाददाता
सुर्खेत, २८ चैत । 
शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन एसओएस हर्मन माइनर स्कुल इकाई समिति सुर्खेतको पाँचौं अधिवेशन आइतवार सम्पन्न भएको छ । अधिवेशनले निर्मलकुमार थापाको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । 
समितिको उपाध्यक्षमा गंगाराम खड्का, सचिवमा प्रेमबहादुर विश्वकर्मा, सह–सचिवमा तिलकप्रसाद गौतम र कोषाध्यक्षमा रमेश बुढा चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा युवराज पौड्याल, नवराज सापकोटा, महेन्द्र शाही, गुन्जा बस्नेत, नारायण तिवारी र मीन खड्का रहेका छन् । 
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि तथा एसओएस बालग्रामका निर्देशक मुकुन्दकुमार गिरीले युनियनले हालसम्म संस्थामा निर्वाह गरेको भूमिका स्रहानीय भएको भन्दै थप सुधारका कार्यक्रम गर्दै अघि बढ्न सुझाव दिए । विद्यालयका निमित्त प्राचार्य हिक्मतबहादुर वलीले विद्यालयको साझा उद्देश्य प्राप्तीका लागि सहकार्य गर्दै अघि बढ्ने बताए ।
प्रकाशित मितिः   २९ चैत्र २०७२, सोमबार ०४:४२