अष्टधातुको मूर्ति स्थापना गर्न सहयोग माग

साझा बिसौनी संवाददाता
सुर्खेत, २८ चैत । 
जगतगुरु अनन्त श्री विभुषित बालसन्त श्री मोहनसरण देवचार्यले वैदिक सनातन धर्मको संरक्षण, सम्वद्र्धन, राष्ट्र र राष्ट्रियताको मर्यादा र समाजको उन्नतिका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिएका छन् । आइतवार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले सुदूरपश्चिमको महाकाली शारदापिठ भक्केनीबाट नेपाल आमाको ७५ फिट अग्लो अष्टधातुको मूर्ति स्थापनाका लागि सहयोग गर्न समेत माग गरेका छन् ।
नेपालका ७५ वटै जिल्लाको अवलोकन गर्ने कार्यक्रम रहेकाले यसअघि कर्णाली र भेरीका गरी १८ जिल्लाको भम्रण गरिसकेको उनले 
बताए । बाँकी जिल्लाको अवलोकन यही वैशाख १ गते जगतगुरु गद्धि आरोहण दिवसको अवसरमा पूर्व प्रधान न्यायाधीश एवम् मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले उद्घाटन गरी यात्रा सुरु हुने जनाइएको छ । कार्यक्रममा सनातन धर्म सेवा समिति सुर्खेतका सभापति दुर्गाप्रसाद गौली लगायतको सहभागिता रहेको थियो । 
प्रकाशित मितिः   २९ चैत्र २०७२, सोमबार ०४:४२