महिला कामदार बढी जोखिममा
सुर्खेत, १० चैत्र ।
वैदेशिक रोजगारीको लागि विदेशमा गएका महिला कामदारहरू बढी समस्यामा रहने गरेको पाइएको छ । सूचनाको पहुँचबाट टाढा रहने र अभिलेखीकरण नभएर विदेश जाने प्रवृत्तिले गर्दा महिला कामदारहरू बढी असुरक्षित हुने गरेको पाइएको हो । यूरोपिएन युनियनको आर्थिक सहयोगमा पौरखी नेपालले बिहीवार वीरेन्द्रनगरमा आयोजना गरेको वैदेशिक कामदारहरूको अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
पौरखी नेपालका अध्यक्ष मञ्जु गुरुङले वैदेशिक रोजगारीको शिलशिलामा जाने पुरुष कामदारको तुलनामा महिला कामदार नै बढी जोखिममा पर्ने गरेको बताइन् । पौरखी नेपालका सचिव सत्रकुमारी गुरुङले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले संस्थाले कार्यक्रम सञ्चालन गरेको बताइन् । कार्यक्रममा क्षेत्रीय प्रशासन कार्यालयका निमित्त क्षेत्रीय प्रशासक जगत बस्नेतले वैदेशिक रोजगारीको शिलशिलामा जाने कामदारहरूसँग भएका कागजातपत्रहरू आफूसँग नराख्ने हुँदा पनि समस्या भएको बताए ।
साझा बिसौनी संवाददाता ।