मुख्य न्यायाधिवक्तामा हमाल
सुर्खेत: कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त भएका छन् । मुख्यमन्त्री यामलाल कँडेलले सोमवार हमाललाई न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
दैलेखको मालिकामा जन्मिएका हमाल हाल वीरेन्द्रनगर निवासी हुन् । लामो समयदेखि कानुन व्यवसायीकारूपमा क्रियाशील उनी नेकपा (एमाले) निकट हुन् । हमालले सोमवार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारको उपस्तिथिमा उच्च अदालत सुर्खेतका कायम मुकायम मुख्यन्यायाधिश लोहितचन्द्र शाहले उनलाई सपथ गराएका थिए ।
प्रकाशित मितिः २५ बैशाख २०८१, मंगलवार १३:४७
साझा बिसौनी ।