संयुक्त बजार अनुगमन

सुर्खेत, ७ चैत ।
बजार अनुगमन अभियान अन्तर्गत सोमवार वीरेन्द्रनगरको च्याम्बरमार्ग र हटियालाइनमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र सुरक्षा निकायले संयुक्त रूपमा अनुगमन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको संयोजकत्वमा गएको अनुगमन टोलीले एक दर्जनभन्दा बढी पसलहरूमा अनुगमन गरेको थियो । अनुगमनमा एक सय चार खिल्ली चुरोट, ९९ प्याकेट सूर्ति बरामद गरी नष्ट गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी बसन्तमान श्रेष्ठले जानकारी दिए । उनले अनुगमनमा पाँच वटा पसलमा खुलारूपमा सूर्तिजन्य पदार्थको बिक्री वितरण गरिएको पाइएको बताए ।

प्रकाशित मितिः   ८ चैत्र २०७३, मंगलवार १५:०६