प्रदेश ६ मा सडक विकासको सम्भावना

चुरे पहाड, पहाड र हिमाली भू–भागले बनेको प्रस्तावित प्रदेश नम्बर ६ नेपालको संविधान–२०७२ ले व्यवस्था गरेका सबै प्रदेशभन्दा ठूलो भौगोलिक आयाम बोकेको प्रदेश हो । डोल्पा र हुम्ला जिल्लाहरू ७५ जिल्लामध्ये क्रमशः सबैभन्दा ठूला जिल्लाहरू हुन् । डोल्पाको सदरमुकामदेखि साविकका गाविस तथा विद्यालयहरूमा पुग्न सात दिन लाग्छ । करिब कार्तिकदेखि चैतसम्म त्यहाँको जनजीवन अत्याधिक चिसोको कारण असामान्य बन्छ । हुम्लाको सदरमुकाम सिमिकोटदेखि चीन स्वशासित क्षेत्र हिल्सानाकामा पुग्न १२५ किमी टाढा छ । यी दुवै जिल्ला सडकको नेपाली राष्ट्रिय सञ्जालमा जोडिन सकेको छैनन् । हिल्सा नाकायता हुम्लातिर कच्चीबाटो बनेको छ र सिमिकोटदेखि तीन किमी उत्तर नाग्लासम्म एकदुई वटा जीपहरू र ट्रयाक्टरहरू गुड्दछन् । डोल्पामा त्यस्तै छ भने डोल्पाली सीमा वर्तीसमम ट्रयाकले छुँदैछ । हुम्लाको सीमावर्ती क्षेत्र छुन अब २०० किमी बाँकी छ । सुर्खेतदेखि जुम्लासम्मको कर्णाली राजमार्ग २१० किमी लामो भइ पक्की तर सानो सडक बनिसकेको छ । कालिकोट सदरमुकाम नाघेर भीर काटेर गएको कर्णाली सडक नाग्माबाट मुगुतिर फाटिएको छ र सडक कच्ची खालको छ । कर्णालीका जिल्लाहरूको प्रवेशद्वार सुर्खेत रहेको छ । चाहे डोल्पामा छिन्चु–डोल्पा सडक या सुर्खेत–जुम्ला सडक । यस लेखमा प्रस्तावित कर्णाली प्रदेश मुख्यमुख्य लोमार्गहरूको सम्बन्ध सुत्रका आधारमा तीनका प्रभाव र परिणतका बारेमा चर्चा गर्ने उद्देश्य लिएको छ ।
एक, कर्णाली प्रदेशको पूर्वपश्चिम जोड्ने लोकमार्गहरूमध्ये पश्चिमी हिमाली क्षेत्रको आर्थिक सामाजिक विकासमा सम्भाव्यता बोकेको प्रस्तावित मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक निर्माणमा साखगरी हिमाली क्षेत्रमा बसोबास गर्दै आएका कर्णाली प्रदेशका लामा, शेर्पा, तामाङ, गुरुङ, मुगालहरूको जीवनस्तरलाई उठाउने छ । यस मार्गले यिनीहरूको हाते उत्पादनले अन्तर्राष्ट्रिय बजार पाउन आवश्यकता छ । यसैगरी रुकुम जिल्लाको पञ्चासेबाट प्रवेश पाइ दैलेखको राकमबजारसम्म विस्तारित निर्माणाधीन करिब २०० भन्दा बढी किमी खण्ड कर्णाली प्रदेशमै छोएको पुष्पलाल मध्य पहाडी लोकमार्गले आफूलाई पाँच वर्षभित्र अर्थात् २०७७ सालभित्रै पक्की सडक उभ्याउने लक्ष्य लिएको छ । भविष्यमै सबैभन्दा बढी सुरुङ्ग मार्गलाई आत्मसात गर्ने लोकमार्गलाई समर्पित दु्रतगामी हाइवेको प्रकृतिमा विशेषित गरिएको छ । यसैभित्र चौरहजारी र राकमकर्णाली दुई मेघा सहरहरू बन्नेछन् । बीस वर्षपछि यी सहरहरूको जनसंख्या एक–एक लाख पुगेर वर्षेनी काठमाडौंजस्ता सुविधा सम्पन्न सहर बसाइँसराई गर्ने प्रवृत्तिलाई रोक्नेछन् । यी सहर निर्माणका आर्थिक, मौलिक तथा सामाजिक पूर्वाधार निर्माणको काम सुरु भइसकेका छन् । यी दुवै सहर भेरी र कर्णाली जस्ता ठूला र सदावहार हिमाली नदीका किनारामा रहेकाले मात्र हैन सहरमा बनाइन लागेका सडक, खानेपानी, सामुदायिक भवन, खेलमैदान, बसपार्क, तरकारीबजार, औद्योगिक क्षेत्रको लगानीमा स्थानीय जनताले रोजगारी पनि पाउने छन् भने होटल व्यवसाय, पर्यटन, शिक्षाको विकास हुनेछ । यसैगरी प्रदेशमा प्रस्तावित सुर्खेत–सल्यान–रोल्पा–प्युठान–अर्घाखाँची–बुटवल (प्रकल्पित) चुरे लोकमार्गले तल्ला तटीय जिल्लाका आदिवासी जनजातिहरूको सामाजिक, आर्थिक, सांस्कृतिक विकासमा टेवा पु¥याउन सक्नेछ ।
दोस्रो उत्तर–दक्षिण जोड्ने लोकमार्गहरू माध्येको अन्तर्राष्ट्रिय कर्णाली करिडोरले जमुनाहा नाकाबाट प्रारम्भ भइ सुर्खेत, दैलेख, कालिकोट, बाजुरा, हुम्लाको सदरमुकाम सिमिकोट हुँदै यसै नाकाको हिल्सा जोड्ने सडकमार्ग प्रदेशकै सबैभन्दा लामो मोटर सडक हो । यो मार्ग अहिले पनि झण्डै तीन सय किमी उत्तरी भाग बन्ने क्रममा छ र नेपाली सेनाले निर्माण नेतृत्व लिएको छ । यस मार्गले नेपालगन्ज, कोहलपुर, भेरीगंगा, वीरेन्द्रनगर प्रस्तावित सहर राकम लगायत बनेका र बन्न लागेका सहरहरूलाई छुनेछ । राकम कर्णालीलाई दोबाटो पर्नेछ र मध्य पहाडी लोकमार्ग हुनेछ । भेरी करिडोर अर्को यस प्रदेशको उत्तर–दक्षिण जोड्ने अन्तर्राष्ट्रिय राजमार्ग हो । यसले पनि बाँकेको जमुनाहादेखि आफूलाई उत्तरतिर तन्क्याएर कोहलपुर, भेरीगंगा, सुभाघाट, सल्लीबजार, चौरजहारी, आठबीस, त्रिवेणी, डोल्पा सदरमुकाम हुँदै उत्तरी सीमाना छोमोरिम्ला नाका जोड्ने छ र चौरजहारीलाई मध्यपहाडी लोकमार्गसँग दोबाटोमा पर्नेछ । यी दुवै करिडोर निर्माणमा सैयौंले रोजगारी मात्र पाउने छैनन् यिनीहरू पर्यटन, व्यवसाय, कृषि, शिक्षा, स्वास्थ्य पहुँचमार्ग जलविद्युतलाई सकारात्मक प्रभाव पार्नेछन् ।
सुर्खेत–दैलेख–जुम्ला–सिंजा–मुगु हुँदै नाक्चेनाग्ला प्रादेशिक सडक रातो पुस्तकमा परिसकेको छ यस मार्गले दुल्लूलाई मध्यपहाडी मार्गसँग दोबाटोमा पार्दै महावु पहाड काटेर कालिकोटमा कर्णाली राजमार्गसँग दोबाटो पार्नेछ । यसरी अगाडि बढेर नेपालकै खसभाषा सभ्यताको उद्गमस्थल सिंजालाई जोडेर अगाडि बढ्दा यस क्षेत्रको भाषा साहित्य, कला, संस्कृति, पूरातत्वको अभ्यास गर्नेलाई सहयोग पु¥याउने छ । सुर्खेतको बांगेसिमलदेखि जुम्ला सदरमुकाम पुगेको कर्णाली राजमार्गले कर्णाली कारिडोरलाई पछ्याउँदै जितेगडाबाट कालिकोटको मान्म, पिली, लग्ना जस्ता स्थानलाई सहरीकरण गराउन योगदान पुग्दैछ । वर्तमान समयसम्म हेर्दा काठमाडौंमा व्यवसायीले रारा वरपर जग्गा किन्न लागेका छन्, प्रति रोपनी तीन लाख मूल्यमा पु¥याएका छन् र मुगाली व्यवसायलाई सघाउँदैछन् । यसैवर्ष रारा हेर्न अन्तरिक तथा बाह्य गरी १२ हजारभन्दा बढीले रारालाई आफ्नै आँखाले हेरे, घोडाचढे, नाउ चढे, पैदल हिँडे । तारा नेपाल, मकालु, सिम्रिक हेलिकप्टर सेवा, बस तथा साहसीहरू बाइकमा पुगेका छन् । श्रीनगरदेखि रारा १६ किमी लामो बाटो यसैवर्ष कालोपत्रे बन्दैछ भने मन्त्रीहरूका भ्रमणमा पुनरागमन भएको छ ।
अहिलेसम्म ओझेलमा परेको सामजिक महŒवको अर्को प्रस्तावित प्रदेशको बाटो हो कोइलाबास–घोराही, रुकुमकोट–सिस्ने शहातारा तिब्बत नाका । यसको आधा जति ट्रयाक खोलिसकेको छ । भारत–चीत जोड्ने सबैभन्दा छोटो बाटो यही नै हो । यसको लम्बाइ ३०० किमी भन्दा बढी छैन । यसलाई अन्तर्राष्ट्रिय राजमार्गका रूपमा विभाजित गरी डेडिकेटिभ एक्प्रेसिम हाइवेमा परिणत गरी सुरुङ्ग मार्गको रूप दिएको खण्डमा यसको झण्डै आधा दूरी घट्नेछ भने यसैलाई रेलमार्गको रूपमा दिएपछि एकघण्टामा भारत–चीन जोडिन मात्र जानेछैन््, बनारस र मानसरोबरको छोटो रुट बन्नेछ । धार्मिक–पर्यटकीय मार्ग बन्नेछ । यसले डोल्पा जस्तो विशाल जिल्लाको कायापलट गर्ने मात्र छैन घोराही बजार, रुकुमकोट सहातारा जस्तो व्यापारिक, धार्मिक सांस्कृतिक सहरलाई जोड्नेमात्र छैन दाङ, रोल्पा, रुकुम, डोल्पाको कायाकल्प गर्नसक्छ । यसले स्यार्पुदह, रुकुम कमलताल, ढोरपाटन आरक्षण केन्द्र, मगर भाषा, कोइके मगर भाषा को गहन अध्ययन, पर्यटन तथा सांस्कृतिक सम्भाव्यता अध्ययनमा जोड्नेछ ।
जाजरकोट दुनै सडक मार्ग निर्माणाधीन अवस्थामा छ । यसले जाजरकोटको नलसिङगाड, बारेकोट, गोतामकोट, अठबीस तथा प्रशस्त मह उत्पादन हुने क्षेत्रलाई जोड्नेछ । सालझण्डी–अर्घाखाची–ढोरपाटन–हुकाममैकोट–दुनै पर्यटन मार्ग, रिम्नाह–बोफीकोट–जाडप्वाङ सिस्ने दुनै सडक निर्माणाधीन मार्गहरूले हिमाल आरोहीका आधारशिविर उद्दार, यातायातमा सहयोग पु¥याउने मात्र हुने छैनन् उच्च सतहमा रहेका सडकहरू बन्नेछन् । यी सडकहरूले उत्तरगंगा जलविद्युत, रुकुमेली जलविद्युत गृहलाई थप गरेर जाँदा लगानी कम पर्न जाने मात्र छैन, सामाजिक समृद्धिमा सहयोग पु¥याउनेछन् । यस क्षेत्रमा भेडा पालन, चौरीपान, घोडापालन, यार्सागुम्बा, पाँचऔंले, गुच्चीच्याउ लगायत हिमाली बुटिकहरूको बजारीकरणमा योगदान गर्नेछन् । यसका अतिरिक्त रातानाग्ला, धरमपोखरा, गुँरासे, जाजरकोट हुँदै जुम्ला निस्कने सडक, जाजरकोट पाँचकाटिया–स्याउली–जुम्ला सडक, जाजरकोट–पाँचकाटीय–जुम्ला सडक, जाजरकोट–डोल्पा सडक, जुम्ला–घुमचौर–मुगु नाक्चेनाग्ला सडक, छिन्चु–जाजरकोट, चिङखिला–सुवा नाउली–गर्खाकोट–जुम्ला सडकले यस प्रदेशका जनताको यातायातमा महŒवपूर्ण योगदान पु¥याउने छन् । जुम्ला–जाजरकोट सडक निर्माण सम्पन्नतापछि जुम्ली–मुगाली र हुम्लीको पात्रग्को दिया, प्रवाह र रुट चौरजहारि जानेछ ।
यसका अतिरिक्त पुरनधारा–सुर्खेत, सुर्खेत–तेलपानी–भुरीगाउँ सडक, सुर्खेत–बड्डिचौर–बेनीघाट सडकको निर्माणबाट आर्थिक विकास, बस्ती विकास, सामाजिक सञ्जाल, सम्बन्ध र व्यवहार परिवर्तन हुनेछ । प्रदेशीक अन्य प्रस्तावित चक्रपथ, करिडोर, कृषि सडक, ग्रामीण सडक, पहुँचमार्ग, राजमार्गहूले प्रदेशको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने छन् । साथसाथै यी मार्गहरूसँग पहुँच बढाउनका लागि गोरेटो, घोरेटो, हुलाकी, जंघार, घाटलाई सहज, सरल, छोटो, अपाङ्गमैत्री, सुरक्षित, हराभरा, वातावरणमैत्री बनाइ प्रदेशका जनताको भावी भविष्य उज्वल बनाउन नितान्त
आवश्यक छ । यसैसँग सम्बन्धित हवाइ सेवा, केवलकार, रज्जुमार्ग, जलमार्ग, ¥याफ्टिङ, जलक्रिडा, कृषि सुपरजोन, ब्लक पकेट, जानेहरूको परिकल्पना आवश्यक छ । खासगरी सडकको विकासले पशु सुपरजोन, हाइड्रोहव, शैक्षिकहव, पर्यटनहव सांस्कृतिकहव, लोकसाहित्यिकहव, फलफूलहव, बीऊविजन, बेर्ना, बालीहव बनाउन सडकले महŒवपूर्ण योगदान पु¥याउने देखिएको छ । यसरी घोडा, भेडा, बाख्रा, खच्चड, चौंरीहरू वास्तविक ट्रक, ट्रली, टिप्परद्वारा विस्थापित हुनेछन् र पिठ्यूँको, छाती र काँधको भारीले विश्राम पाउनेछ । यहाँ उल्लेख गरिएका सम्भावित तथा यथार्थ सडक विकास र सम्भावनाका अतिरिक्त कोठियाघाट, राजापुर हुँदै कर्णाली किनारै किनारको तिब्बत, चीन काटेर जापान जाने प्रस्तावित एसियाली छ लेनको महाराजमार्गको विकासले यस प्रदेशको सडक यातायातमा अत्यन्तै ठूलो योगदान गर्नेछ भने छिमेकी देश चीनको सिल्करोड, साल्ट रोड, वानरोड, वानवेल्ट, कनेक्टिभिटीले प्रदेशको यातायातमा याथाशीघ्र भरपर्दो र विश्वसनिय सेवा पु¥याइ प्रदेशको विकास गर्नेछ ।