खुलामञ्च सरसफाइ

सुर्खेत, ६ चैत ।
वीरेन्द्रनगरस्थित खुलामञ्चमा थुप्रिएको फोहोर व्यवस्थापन गरिएको छ । शनिवार सम्पन्न एमालेको जनसभाका कारण जम्मा भएको फोहोर व्यवस्थापन गरिएको हो ।
जनसभास्थलमा रहेको फोहोर एमालेले आइतवार सफाइ गरेको हो । सो स्थानमा रहेको फोहोर सफा गर्ने कार्यमा एमाले र उसका जनवर्गीय संगठनहरू जुटेका थिए । एमालेले आमसभास्थलमा सरसफाइ गरेर नयाँ सन्देश दिएको हो । यसअघि विभिन्न राजनीतिक दल र संघ–संस्थाहरूले आयोजना गर्ने सभा, सम्मेलन र भेलाका कारण थुप्रिएको फोहोर सफा नगर्दा आलोचना हुने गरेको थियो ।

प्रकाशित मितिः   ७ चैत्र २०७३, सोमबार १७:२०