खेलाडीको स्तरोन्नति

सुर्खेत, ५ चैत ।
एसओएस हर्मन माइनर विद्यालय कालागाउ“मा अध्ययन गरेका ४१ जना तेक्वान्दो खेलाडीको शनिवार स्तरोन्नति भएको छ । शनिवार विद्यालयमा आयोजित तेक्वान्दो ग्रेडिङ्ग समारोहमा १२ जना छात्रा र २९ जना छात्राको स्तरोन्नति भएको हो ।
समारोहको अध्यक्षता गरेका विद्यालयका प्राचार्य हिक्मतबहादुर वलीले खेलले विद्यार्थीको सर्वांगीण विकासमा सहयोग पु¥याउने र अनुशासित बनाउने भएकोले विद्यालयले यस्ता खेललाई निरन्तरता दिने बताए । जिल्ला तेक्वान्दो संघका अध्यक्ष भुवन थापाले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको मानसिक र शारीरिक विकासमा सहयोग पुग्ने जनाए ।
कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक प्रवेश शर्मा, कर्मचारी तथा शिक्षक युनियनका अध्यक्ष गंगाराम खड्का, एसओएस बालग्रामका सिनियर सेक्रेटरी बसन्ती शाही लगायतको उपस्थिति थियो ।

प्रकाशित मितिः   ६ चैत्र २०७३, आईतवार १४:०१