शेयर सदस्यलाई दुर्घटना बीमा प्रदान
सुर्खेत: वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । आफ्ना सेयर सदस्यलाई रकम दिइएको हो ।
गुर्भाकोट नगरपालिका–५ सीमखोरिया निवासी खगिसरा मगरलाई बीमा रकम वापत ५० हजार रुपैयाँ प्रदान गरिएको जनाइएको छ । गत भदौमा दुर्घटनामा परेर घाइते भएकी उनलाई मेहेलकुना सेवा केन्द्रमार्फत रकम हस्तान्तरण गरिएको छ ।
मगर २०७८ देखि संस्थाको मेहेलकुना सेवा केन्द्रमा आवद्ध भएर बचत तथा ऋण सम्बन्धी कारोबार गर्दै आएकी छिन् । रकम हस्तान्तरण कार्यक्रममा सेवा केन्द्रका व्यवस्थापन उपसमिति संयोजक उदयराज गिरी, उपसमिति सदस्य ज्ञानबहादुर डाँगी, गुर्भाकोट वडा नं. ५ का कार्यबाहक अध्यक्ष गोविन्द चुडेललगायतको सहभागिता रहेको मेहेलकुना सेवा केन्द्र प्रमुख रुपक पौडेलले जानकारी दिए ।
साझा बिसौनी ।