फरार अभियुक्त खोज्दै प्रहरी
सुर्खेत: आइतवार राती करिब ११ बजे ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई सुर्खेत प्रहरी पक्राउ ग¥यो । वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ बस्ने २२ वर्षका सुनिल वादीलाई पक्राउ गरिएको हो । सुर्खेत जिल्ला अदालतबाट २०७९ पुस २५ गते एक वर्ष कैद र २० हजार जरीवाना तोकेपछि फरार सूचिमा रहेका वादीलाई आफ्नै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रूपेश खड्काले जानकारी दिए ।
यस्तै, गत फागुन २२ गते ज्यान मार्ने उद्योग मुद्दाकै अर्का फरार प्रतिवादीलाई काठमाडांैको गौशलाबाट पक्राउ गरियो । वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का अन्दाजी २६ वर्षीय बसन्त पुरीलाई सुर्खेत प्रहरीले काठमाडांैको गौशलाबाट प्रक्राउ गरेको हो । विशेष सुराकीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत भदौ २५ गते उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएदेखि नै उनी फरार सूचिमा रहेका थिए । सादा पोसाकमा काठमाडांै नै पुगेर सुर्खेत प्रहरीले पुरीलाई प्रक्राउ गरेको हो । अहिले उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय सुर्खेत प्रहरीले फरार प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र रूपले अघि बढाएको छ । अदालतबाट दोषी ठहर भइ कैद तथा जरिवाना भुक्तान गर्न बाँकी, फरार सूचिमा रहेका र अदालत तथा प्रहरीमा मुद्दा परी फरार रहेका अभियुक्तहरूको खोजी कार्यलाई तीव्र पारिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले त्यस्ता व्यक्तिहरूको खोजीमा सक्रियता बढाएसँगै पछिल्ला दिनमा दैनिकजसो दोषी तथा अभियुक्तहरू पक्राउ परिरहेका छन् ।
अदालतबाट कैद जरिवाना तोकी फरार रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिइ अदालत पेस गरिरहेको एसपी खड्काले बताए । उनले भने, ‘अन्य अभियुक्तको खोजीका लागि ‘फरार प्रतिवादी पक्राउ अप्रेसन’ सुरु गरिएको छ । सादा पोसाकमा फरार प्रतिवादीलाई पक्राउ गर्न छुट्टै तीन जना प्रहरी परिचालन गरेका छौँ ।’ जिल्लामा प्रहरी र अदालतमा मुद्दा परेर सम्पर्कमा नआएकाको पनि खोजतलास भइरहेको खड्काले जानकारी दिए । अदालतले फैसला गरी दोषी ठह¥याइएका र अदालतमा मुद्दा चलिरहेका अभियुक्त तथा प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने तर फरार सूचिमा रहेकाहरूको खोजी भइरहेको उनको भनाइ छ । खड्काले भने, ‘दैनिक रूपमा एक÷दुुई जना फरार सूचिकालाई पक्राउ गर्ने गरिएको छ, पछिल्लो समय अभियुक्तहरूको खोजीमा पनि प्रहरी सक्रियताका साथ लागेको छ ।’
जिल्ला अदालत सुर्खेतको विवरणअनुसार जिल्लामा सजाय तोकेका एक हजार एक सय ७४ जना फरार छन् । फागुन मसान्तसम्मको प्रतिवेदनमा कैद जरिवाना लागेका ती व्यक्तिहरूबाट कूल दुई हजार चार सय ५७ वर्ष तीन महिना २० दिन लगत कैद असुली हुन बाँकी छ । जसमा एक हजार एक सय ७३ जना स्वदेशी नागरिक छन् एक जना विदेशी नागरिक हुन् । कैद सजाय मात्र तोकिएका दुुई सय ८७ जना, जरिवाना तोकिएका तीन सय १२ जना र कैद तथा जरिवाना दुवै लागेका पाँच सय ७४ जना रहेको जिल्ला अदालत सुर्खेतले जनाएको छ ।
यसैगरी एक हजार एक सय ७४ जनाबाट ६ करोड २९ लाख ९६ हजार रूपैयाँ जरिवाना असुल हुन बाँकी । अदालतबाट लगत असुलीको विवरण प्रहरीमा दिने र प्रहरीको सहयोगमा प्रतिवादी पक्राउ गर्ने गरिएको सुर्खेत अदालतका सूचना अधिकारी उज्जल रावलले जानकारी दिए । उनका अनुसार एक हजार एक सय ७४ जना अझै फरार सूचिमा छन् ।
अदालतबाट लगत फरार एक हजार एक सय ७४ जनामध्ये सुर्खेत प्रहरीले हालसम्म ३९ जनालाई पक्राउ गरेको छ । त्यसमध्ये पछिल्लो एक महिनामा मात्र १४ जना फरार अभियुक्त पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यसैगरी चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएका मुद्दामध्ये एक सय ८३ जना फरार प्रतिवादी रहेकोमा ६९ जना पक्राउ परेका छन् । पछिल्लो एक महिनामा मात्र २१ जना पक्राउ परेका छन् । दोषी ठहर भइ फरार रहेकाको विवरण स्पष्ट नहुँदा नियन्त्रणमा लिइ अदालत पेस गर्न चुनौती हुने गरेको प्रमुख खड्काले बताए ।
प्रकाशित मितिः १४ चैत्र २०८०, बुधबार १०:३८
रजनी याेगी ।