अङ्ग्रेजी शिक्षक तालिम सम्पन्न
साझा बिसौनी संवाददाता
सुर्खेत, २४ माघ ।
अङ्ग्रेजी भाषा शिक्षकहरूका लागि दुई दिने तालिम सम्पन्न भएको छ । नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सुर्खेतले अमेरिकन राजदूतावाससँगको सहकार्यमा सञ्चालित अङ्ग्रेजी पहुँच लघु छात्रवृत्ति कार्यक्रम अन्तर्गतको सरकारी विद्यालयमा अध्यनरत विपन्न तथा सिमान्तकृत बालबालिका लक्षित अङ्ग्रेजी भाषा शिक्षणमा प्रशिक्षण गर्ने प्रशिक्षक लगायत सामुदायिक तथा निजी विद्यालयमा अध्यापन गर्ने २५ जना शिक्षकहरूलाई अङ्ग्रेजी भाषा शिक्षणका विविध पक्षमा शनिवार सुरु भएको थियो । दुई दिने तालिम नेल्टा एक्सेस सेन्टरमा आइतवार सम्पन्न भएको हो ।
तालिममा क्षेत्रीय शिक्षा निर्देशनालयका उप–निर्देशक भक्तबहादुर खड्काले तालिमबाट सिकेका कुरा विद्यालयका कक्षाकोठामा कार्यान्वयन हुनुपर्नेमा जोड दिदंै नेल्टा सुर्खेतले अङ्ग्रेजी शिक्षकहरूको पेसागत विकास गर्न महŒवपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गरे । नेल्टाका केन्द्रीय कोषाध्यक्ष एवम् प्रशिक्षक सरिता देवान र टिसोलका प्रशिक्षक विनोदसिंह धामीले अङ्ग्रेजी भाषा शिक्षणका विभिन्न पक्षमा प्रशिक्षण गरेका थिए । नेल्टा सुर्खेतका अध्यक्ष एवम् मध्यपश्चिमाञ्चल विश्वविद्यालय अङ्ग्रेजी शिक्षाका उप–प्राध्यापक विष्णुकुमार खड्काले अङ्ग्रेजी भाषा शिक्षणको विकास गर्न सामुदायिक एवम् संस्थागत विद्यालयमा शिक्षण गर्ने शिक्षकहरू अङ्ग्रेजी भाषा शिक्षणका लागि आवश्यक पर्ने सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान र सीपको विकास गर्न नेल्टा सुर्खेतले अङ्ग्रेजी शिक्षकहरूको पेसागत सीप र दक्षता विकास गर्न सरोकारवालाहरूसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशित मितिः २५ माघ २०७२, सोमबार १२:१४
साझा बिसौनी संवाददाता ।