कांग्रेस सुर्खेतको निर्वाचनः ६ सय ७४ मत खस्यो
![]() |
सभापति पदका उम्मेदवारद्वय यज्ञबहादुर बिसी र कमलराज रेग्मी |
सुर्खेत, २५ माघ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति सुर्खेतको नेतृत्वका लागि भएको निर्वाचनमा ६ सय ७४ मत खसेको छ । आज दिउँसो ४ बजे सम्पन्न मतदानमा ६ सय ८० मतदातामध्ये ६ जना अनुपस्थित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
मतदान सम्पन्न भएपछि मतगणना कार्य समेत सुरु भइसकेको छ । नेतृत्वका लागि संस्थापन र देउवा पक्ष आ–आफ्नो प्यानल बनाएर निर्वाचन लडेका हुन् । संस्थापन पक्षबाट सभापतिमा कमलराज रेग्मी, सचिवमा टोपबहादुर रावत र कोषाध्यक्षमा अनन्तप्रसाद पौडेल उमेद्वार बनेका छन् भने देउवा पक्षबाट सभापतिमा यज्ञबहादुर बिसी, सचिवमा नारायणप्रसाद सापकोटा र कोषाध्यक्षमा झकबहादुर डांगी उमेद्वार बनेका छन् ।
प्रकाशित मितिः २५ माघ २०७२, सोमबार १२:४३
साझा बिसौनी संवाददाता ।