विद्यालय भवन शिलान्यास
साझा बिसौनी संवाददाता
सुर्खेत, ३ चैत ।
कोपिला माध्यमिक विद्यालय पर्सेनी सुर्खेतको भवन शिलान्यास गरिएको छ । कोपिला भ्याली सेवा समाजका संस्थापक म्यागी डोयन र समाजका अध्यक्ष टोपबहादुर मल्लले भवनको शिलान्यास गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्रजंग शाहीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सिद्धिखर रेग्मीले सहभागीहरूलाई स्वागत गर्नुका साथै विद्यालयको बारेमा जानकारी दिएका थिए ।
कोपिला भ्याली सेवा समाजका संस्थापक म्यागी डोयन र अध्यक्ष टोपबहादुर मल्लले विद्यालयलाई आगामी दिनमा पनि सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकहरूको सहभागिता रहेको थियो ।
साझा बिसौनी संवाददाता ।