आगलागीमा परेकी बालिकाको मृत्यु
कालीकाेट: आगोमा जलेर घाइते भएकी बालिकाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा आइतवार मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रवार दिउँसो ३ बजे कालीकोटको खाँडाचक्र नगरपालिका वडा नं. ५ को नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा बाख्रा चराउन गएकी हेमन्ती चोलागाईं जलेर घाइते भएकी थिइन् । आइतवार बिहान ११ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । वनमा आगलागी हुँदा बाख्रा चराउन गएका बाबुछोरी जलेर घाइते भएका थिए । बुवा नन्दराम चौलागाईंको पनि अवस्था गम्भीर रहेको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीका अनुसार घाइते बाबुछोरीलाई उपचारका लागि जिल्ला अस्पताल मान्म हुँदै शुक्रवार बेलुकी जुम्ला लगेर शनिवार बेलुकी हेलिकोप्टरमा सुर्खेत पु¥याइएको थियो ।
प्रकाशित मितिः ५ चैत्र २०८०, सोमबार ०५:०२
साझा बिसौनी ।