पत्रकार खड्का सम्मानित

सुर्खेत: पत्रकार सुशील खड्का सम्मानित भएका छन् । विश्व उपभोक्ता दिवसको अवसरमा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले शुक्रवार उनलाई सम्मान गरेको हो ।

उपभोक्ताका हक, हित र अधिकार संरक्षणका लागि सञ्चार क्षेत्रबाट योगदान पु¥याएवापत सम्मान गरिएको जनाइएको छ । निर्देशनालयले पत्रकार खड्कासहित चार जनालाई सम्मान गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापा, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका प्रशासकीय अधिकृत थीरबहादुर श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय सुर्खेत खरिदार सरस्वतीकुमारी रेग्मी पनि सम्मानित भएका हुन् । उनीहरूलाई कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्मा र प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले प्रमाणपत्र र खादासहित सम्मानित गरेका हुन् ।

प्रकाशित मितिः   ३ चैत्र २०८०, शनिबार ११:००