ज्येष्ठ सदस्यलाई सम्मान

सुर्खेत: वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाले ज्येष्ठ सदस्यहरूलाई सम्मान गरेको छ । संस्थाको २१औँ स्थापना दिवसको अवसर पारेर शुक्रवार ७५ जना सदस्यहरूलाई सम्मान गरेको हो । ७५ वर्षमाथिका ७५ जना ज्येष्ठ सदस्यहरूलाई सम्मान गरिएको संस्थाका कार्यकारी प्रबन्धक सुरजप्रसाद आचार्यले जानकारी दिए ।

कार्यक्रममा संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मीले आगामी दिनमा यस प्रकारका सामाजिक तथा सामुदायिक क्रियाकलापहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

संस्था सञ्चालक समितिका अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सल्लाहका देवकुमार सुवेदी, सम्मानित सदस्यहरूको तर्फबाट रुद्रदेव शर्मालगायतका वक्ताहरूले आ–आफ्नो भनाइ राखेका थिए ।

प्रकाशित मितिः   ३ चैत्र २०८०, शनिबार ११:०१