जनमैत्रीमा खड्का

साझा बिसौनी संवाददाता
सुर्खेत, २५ माघ ।
जनमैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतको अध्यक्षमा इन्द्रबहादुर खड्का चयन भएका छन् । सहकारीको छैठौं वार्षिक साधारणसभाले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा देवीराम बोहरा, सचिवमा कमलकुमार सिंह र कोषाध्यक्ष जनकबहादुर थापा चयन भएका छन् भने सदस्यहरूमा रमेश खड्का, राजेन्द्र ढुङ्गाना, सन्तोष थारु, टेकबहादुर खड्का, निर्मला बुढामगर र धर्म थापा चयन भएका छन् । 
यस्तै लेखा समितिको संयोजकमा मीनबहादुर भण्डारी तथा सदस्यहरूमा मंगल चौधरी र निर्मला बुढामगर, ऋण उपसमिति संयोजकमा देवीराम बोहरा तथा सदस्यहरूमा लोकबहादुर थापा र टेकबहादुर खड्का रहेका छन् ।
प्रकाशित मितिः   २६ माघ २०७२, मंगलवार ०३:१६