अनुभव आदान–प्रदान

साझा बिसौनी संवाददाता
सुर्खेत, २५ माघ । 
मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत बीबीए चौथो सेमेस्टरको आयोजनामा एक्सपेरियन्स सेयर वीथ इन्टरप्रिनियर कार्यक्रम सोमवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रममा सुर्खेत महिला जेसीज वर्ष २०१६ का अध्यक्ष प्रतिमा मल्लले आफ्नो अनुभव सुनाएकी थिइन् ।
अनुभव सुनाउँदै मल्लले सफलता प्राप्त गर्न धैर्यता, लगनशीलता र मेहेनत अनिवार्य भएको बताइन् । कार्यक्रममा डा. नारायण पौडेल, उपप्राध्यापक गोविन्द केसी, बीबीए चौथो सेमेस्टरका विनोद सारु र छैठौं सेमेस्टरका भोजेन्द्र उपाध्यायले मन्तव्य राखेका थिए । कार्यक्रममा सुश्मा गिरी, ज्योति कार्की पौडेल, निरन्जन शाही, रूपेश खत्री लगायतको सहभागिता रहेको थियो । 
यसैबीच मप विश्वविद्यालयको खेलकुद सप्ताहमा स्कुल अफ म्यानेजमेन्टलाई अतुलनीय योगदान र सहयोग गरेको भन्दै ज्योति कार्की पौडेललाई सम्मान समेत गरिएको छ । 
प्रकाशित मितिः   २६ माघ २०७२, मंगलवार ०३:१७