सम्मेलनको तयारी
सुर्खेत, २५ माघ । (साबिस)
नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी युवा संघको छैठौं राष्ट्रिय सम्मेलनको तयारीका लागि व्यवस्थापन समिति गठन गरिएको छ । सम्मेलन तयारी समितिका सदस्य गोविन्दनाथ योगीको संयोजकत्वमा समिति गठन गरिएको हो । त्यस्तै संगठन विस्तार, प्रचार–प्रसार र आर्थिक उप–समितिहरू समेत गठन गरी सम्मेलनको तयारी तीव्र पारिएको जनाइएको छ ।
व्यवस्थापन समितिको सोमवार सम्पन्न बैठकले आगामी चैत ५ गतेदेखि ७ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा हुने राष्ट्रिय सम्मेलन सफल बनाउनका लागि सहयोग गर्न सबैसँग आग्रह गरेको छ ।
प्रकाशित मितिः २६ माघ २०७२, मंगलवार ०३:१८
साझा बिसौनी संवाददाता ।