अख्तियार दिवसमा रक्तदान

साझा बिसौनी संवाददाता
सुर्खेत, २५ माघ । 
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको २५ औं स्थापना दिवस एवम् रजत वर्ष २०७२ को अवसरमा रक्तदान गरिएको छ । अख्तियारको मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय सुर्खेतको आयोजनामा सोमवार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटी शाखा सुर्खेतको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा अख्तियारको क्षेत्रीय कार्यालयका–१३, सशस्त्र प्रहरी–८, नेपाल प्रहरीका–२ र एक जना अन्य गरी २४ जनाले रक्तदान गरेका छन् । अख्तियारका क्षेत्रीय प्रमुख विष्णुसिंह विष्टले रक्तदानकर्तालाई जुस तथा फलफूल वितरण गरेका थिए । अख्तियार दिवस माघ २८ गते मनाउने गरिन्छ ।