जुम्ला र हुम्ला फाइनलमा

जुम्ला: कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि जुम्ला र हुम्लाबीच प्रतिस्पर्धा हुने भएको छ । सेमीफाइनलमा जित निकाल्दै दुवै टिम उपाधि नजिक पुगेका छन् ।

सेमिफाइनलको पहिलो खेलमा जुम्लाले अर्को बलियो टोली सुर्खेतलाई पराजित गरेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा जुम्लाले बाजी मारेको छ । खेलको ७औँ मिनेटमा रूविन भण्डारीले गोल गर्दै जुम्लालाई अग्रता दिलाएका थिए । सुर्खेतका भरत नगालले ७३औँ मिनेटमा गोल गरेर १–१ को बराबरीमा पु¥याए । तर पेनाल्टीमा सुर्खेतका सुजन गुरूङले गोल गर्न असफल भएपछि फाइनल पुग्न सकेन ।

बिहीवार नै भएको दोस्रो सेमिफाइनलमा हुम्लाले कालीकोटलाई २–१ गोलअन्तरले पराजित गरेको छ । खेलको चौथौँ मिनेटमै हुम्लाका शिव रावतले गोल गरेका थिए । रावतले नै १७औँ मिनेटमा दोस्रो गोल थपे ।

उपाधिका लागि आज (शुक्रवार) जुम्ला र हुम्लाले प्रतिस्पर्धा गर्नेछन् । जिल्ला फुटबल संघ जुम्लाले आयोजना गरेको प्रतियोगितामा ६ वटा जिल्लाको सहभागीता रहेको थियो । यसै प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा कर्णालीको प्रदेश टिम छनोट गरिने जनाइएको छ ।

प्रकाशित मितिः   १८ फाल्गुन २०८०, शुक्रबार ०५:०२