‘खेलकुद गीत’ सिर्जनाका लागि तेस्रो पटक सूचना प्रकाशित

सुर्खेत: प्रदेश खेलकुद गीत सिर्जनामा निकै न्यून सर्जकले मात्रै चासो दिएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दुई पटक सूचना प्रकाशित गरेर खेलकुद गीत रचनाका लागि आह्वान गरेको थियो । पर्याप्त रचना नपुगेपछि तेस्रो पटक आह्वान गरिएको छ ।

परिषदले गत पुस ५ गते पहिलो पटक सार्वजनिक सूचनामार्फत् ‘कर्णाली प्रदेश खेलकुद गीत’को शब्द सचना माग गरेको थियो । पहिलो पटकको सूचनामा पर्याप्त गीतको शब्द रचना आइनपुगेपछि परिषद्ले दोस्रो पटक आफ्नो वेबसाइटमार्फत् पुस २१ दोस्रो पटक गीतको शब्द सचना मागको म्याद थप ग¥यो । यद्यपि, यपटक पनि न्यून संख्याले मात्रै रचना उपलब्ध गराएको परिषदले जनाएको छ ।

कर्णालीको पहिचान, धरोहर, भेषभुषा, संस्कृति र पर्यटकीय स्थलहरूको भाव झल्किने गरी खेलकुद गीतको शब्द रचनाको लागि आह्वान गरिएको छ । उत्कृष्ट रचनालाई ‘कर्णाली खेलकुद गीत’का रूपमा तयार पारिनेछ । प्राप्त रचनाहरू छनोट गर्नको लागि परिषद्ले कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव एवम् साहित्यकार रमेश न्यौपानेको संयोजकत्वमा मध्यपश्चिम विश्व विद्यालयका उपप्राध्यापक कमल लम्साल र साहित्यकार देवकी तिमिल्सेना सदस्य रहेको गीत छनौट समिति गठन गरेको छ ।

प्रकाशित मितिः   २८ माघ २०८०, आईतवार ०५:०१