वीरेन्द्रनगरको नगरसभा
सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाको १४ औँ नगर सभा बिहीवारदेखि सुरु भएको छ । सभामा एकीकृत प्रतिवेदन पेस गरिएको छ ।
विभिन्न शाखा र वडा कार्यालयहरूले गरेका कामको आधारमा एकीकृत प्रतिवेदन तयार पारिएको हो । जसमा नगरपालिकाका विभिन्न शाखा र वडा कार्यालयबाट कार्यसम्पादन भएका गतिविधिहरू समावेश गरिएको छ । सभामार्फत् योजना तथा कार्यक्रमहरूको अर्धवार्षिक समिक्षा गर्दै आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रियासमेत सुरु गर्ने जनाइएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा एक अर्ब ४७ करोड बढी आम्दानी गरेको छ । जसमा पाँच करोड ४९ लाख बढी रकम आन्तरिक राजस्व रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी चालुतर्फ ३८ दशमलव ५५ र पुँजीगततर्फ ११ दशमलव ४१ प्रतिशत वित्तीय प्रगति भएको पालिकाले जनाएको छ ।
बिहीवारबाट सुरु भएको नगर सभामा विधायन समितिका संयोजक यामुना नेपालीले स्थानीय वन विधेयक–२०८०, लैङ्गिक समानता अपाङ्ग सामाजिक समावेशीकरण विधेयक, बस्ती विकास तथा जग्गा एकीकरण विधेयक, नगर शिक्षा ऐन–२०७४ पहिलो संशोधन र कृषि प्रवद्र्धधन ऐन २०८० विधेयक टेबल गरेकी छिन । सभामा पेस गरिएका प्रतिवेदन तथा विधेयकमा दफावार छलफल गर्ने र सार्वजिनक महŒवका विषयहरूमाथि उठेका सवालमा नगर प्रमुख मोहनमाया ढकालले जवाफ दिने कार्यतालिका छ ।
प्रकाशित मितिः २६ माघ २०८०, शुक्रबार ०९:५९
साझा बिसौनी ।