‘कर्नालीको मर्म’माथि परिचर्चा
सुर्खेत: डा. दिपेन्द्र रोकायाको पुस्तक ‘कर्नालीको मर्म’ माथि परिचर्चा गरिएको छ । कर्णाली साहित्य समाजको आयोजना र मध्यपश्चिम विश्वविद्यालयको आयोजनामा आइतवार वीरेन्द्रनगरमा पुस्तक चर्चा कार्यक्रम गरिएको हो ।
परिचर्चामा मध्यपश्चिम विश्वविद्यालयका उपकूलपति प्रा.डा. नन्दबहादुर सिंहले पुस्तकले कर्णालीको मर्म बोकेको बताए । उनले यहाँका आम नागरिकको जीवन र उनीहरूका भोगाइको वास्तविक मर्म पुस्तकमा अटाएको जनाए ।
अर्का लेखक नवराज केसीले पुस्तकले पाठकहरूको जीवनको पाठशालामा ज्ञानवद्र्धक भूमिका खेल्ने टिप्पणी गरे । कर्णालीको सन्दर्भ, परिवेशसहित मानिसहरूको जीवनका लागि अपरिहार्य ज्ञान पुस्तकले दिने उनको भनाइ थियो ।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगन्द्र शाहीले कर्णालीको बारेमा महŒवपूर्ण दस्ताबेज भएको बताए । कर्णालीमाथि खोज र अनुसन्धान गरेर त्यसलाई आम पाठकमाझ ल्याउन लेखकले निकै मेहेनत गरेको भन्दै प्रशंसासमेत गरे ।
लेखक रोकायाले कर्णालीले हितनाबोध होइन गौरव गर्नुपर्ने सन्देश प्रवाह गर्न पुस्तक लेखिएको बताए । मानवकेन्द्रित विकासमा जोड दिँदै सामाजिक न्यायको हेतु पुस्तकको मूल मर्म भएको उनको भनाइ थियो ।
प्रकाशित मितिः २२ माघ २०८०, सोमबार ०५:०२
साझा बिसौनी ।