एसएलसी ग्रेडिङ गुणस्तरको बाटो कि अल्छी बनाउने मेसो
![]() |
कुलप्रसाद चपाईं |
विगतदेपख अहिलेसम्म विद्यार्थी जीवनको फलामे गेट मानिने एसएलसीमा विद्यार्थी मूल्याङ्कन अङ्कबाट हँदै आइरहेको थियो । मार्कसिट अनुसार विभिन्न दर्जा र श्रेणी छुट्टाउन अभ्यस्त हाम्रो शैक्षिक संरचनालाई बदल्दै अब आउने एसएलसीमा अक्षरहरूको समूहमा विद्यार्थीको मूल्याङ्कन गर्ने पद्दति अपनाउने निर्णय भएको छ । यस वर्षदेखि आठ वटा ग्रेडमा विद्यार्थीको मूल्याङ्कन गरिनेछ र मार्कसिटको सट्टा ग्रेडसिटको व्यवस्था गरिनेछ । यसरी मूल्याङ्कन गरिदा शून्य नम्बरलाई नन ग्रेडेड समूहमा राखिएको छ । सय अङ्कलाई विभिन्न समूहमा राखेर विद्यार्थीको मूल्याङ्कन गर्ने भनिएको छ । यसले गर्दा सरकारले गुणस्तरमा वृद्धि हुने दाबी गरिएको छ । शैक्षिक प्रणालीमा व्यापक सुधार हुने कुरा गरिरहेको छ भने अर्कोतर्फ शिक्षक र विद्यार्थीमा नकारात्मक धारणाको विकास हुन थालेको देखिन्छ । शिक्षकहरू विद्यार्थीलाई जसरी पढाए पनि एबीसीडी कुनै न कुनै ग्रेड पक्का आइहाल्छ किन मेहेनत गर्नुप¥यो र भन्ने भावना देख्न सकिन्छ भने विद्यार्थीमा पनि धेरै नपढेमा पनि उल्लेखित ग्रेड आइहाल्छ भन्ने भावनाको विकास भएको देखिन्छ । यस प्रकारले देखिएको नकारात्मक सोचले जरा गड्दै गइरहेको छ । जसको परिणाम विद्यालयस्तरका आन्तरिक परीक्षामा देखापरिरहेको छ । विद्यार्थीहरू फुर्सदिला देखिएका छन् गतवर्ष यही समयमा विद्यार्थीहरू टिउसन र कोचिङ तथा अन्य शैक्षिक क्रियाकलापमा व्यस्त हुन्थे तर यो वर्षा धेरै जसो विद्यार्थीहरू त्यति मेहेनत गरेको जस्तो देखिएको छैन । विद्यार्थीहरू घुमफिर, मनोरञ्जन र अन्य क्रियाकलापमा अभ्यस्त भएका छन् । अझ यसमा पनि सदरमुकाम केन्द्रित निजी विद्यालयहरू त दुवै हातमा लड्डु हुने भो भनेर एक हात माथि उफ्रिए जस्तो भान भएको छ । किनकि निजी विद्यालयमा केही मात्रामा हुने विद्यार्थी फेलको क्रम न रोकिन सक्दछ । यसबाट उनीहरू तल्लो र माथिल्लो दुवैतिर विद्यार्थी हुने भए भनेर मख्ख छन् । यहाँ बजार र शिक्षा फरक–फरक दिशातिर फर्केर बसेका छन् । प्रत्येक वर्ष बजारमा हजारौं युवाहरू आउने गर्दछन्, प्रत्येक युवासँग शैक्षिक प्रमाणपत्र हुन्छ तर त्यस अनुसारको कुनै पनि मिल्दो रोजगार बजारमा हुँदैन । भएका पनि विदेशमा जान वाध्य छन् । दैनिक उडेर १८ सय युवा विदेशिन्छन् भने गाडी चडेर र अन्य कार्यबाट विदेशिनेको संख्याको एकिन नै गरिएको छैन । यहाँ शैक्षिक वेरोजगारहरूको पलाएन बढी रहेको छ । हाम्रो देशलाई चाहिने शिक्षाको पहिचान भइ नसकेको देखिन्छ । देखिन्छ त केवल सिद्धान्त र कोरा कल्पनाको बनावट यहाँको माटो मिल्ने, परिवेश मिल्ने शिक्षा नीतिको अभाव देखिन्छ । जुनसुकै शैक्षिक प्रणालीहरू पनि विदेशीले आयात गरेर अथवा विदेशी डोनर एजेन्सीले सिकाए सरह नै हुने गरेको छ । यहाँ यो कार्यक्रम विश्व बैंकको आयोजनामा ल्याएको देखिन्छ । यही डोनर एजेन्सीको सहयोगमा डियुमा समेस्टर प्रणाली ल्याइएको थियो । पठन पाठनको प्रक्रियात ठीक छ तर धेरै जसो विद्यार्थीको रोजाइ वार्षिक प्रणाली रहेको छ, त्यस्तै झैं यो प्रणालीलाई अपनाउन रोज्दा यहाँ एउटा भ्रम सिर्जना भएको छ । ग्रेडिङ प्रणालीबाट स्वतः पास हुने हो, यसबाट विद्यार्थी कक्षा १० मा रोकिने होइन । यहाँ कुरा नमिलेको चाहिँ के हो भने ग्रेडिङ प्रणालीबाट स्तह पास हुने होइन यसबाट विद्यार्थी कक्षा १० मा नरोकिने मात्र हो । यहाँ यस विषयमा उच्च माध्यमिक शिक्षा परिषद्ले आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन तै पनि । कुनै पनि विद्यार्थीलाई समग्रमा कसरी मूल्याङ्कन गर्ने भन्ने चिन्ता सर्वत्र देखिने गरेको छ । कुनै विद्यार्थी दुई वटा विषयमा मात्र पास भयो, औसतमा इ आयो भने ऊ क्याम्पस जान पाउँछ कि पाउँदैन ? क्याम्पस जान पाउँछ भने उसले चाहेको विषय पढ्न पाउँछ कि पाउँदैन भन्ने दिशातिर काम नै भएको छैन । त्यस्तो विद्यार्थी लोकसेवा आयोगको जाँच दिन खोज्यो भने के हुने, उच्च माविले कस्ता विद्यालर्थीलाई भर्ना लिने जस्ता विषयमा छलफल र बहस नै नभएको अवस्था देखिएको छ ।
यहाँ विद्यार्थीलाई कक्षा उन्नोती भन्दा पनि विद्यार्थीलाई गुणस्तरको लागि प्रतिस्पर्धा गर्न सिकाउन आवश्यक छ । यहाँ अङ्कमा १, २, ३, ४ लेख्नु र अक्षरमा ब्, द्य, ऋ, म् लेख्नु एउटै हो भन्ने सिकाउन आवश्यक छ । लेटर ग्रेडिङ लागू हुने भएको छ, त्यसका सकारात्मक पक्षलाई बढावा दिँदै आवश्यक पक्षको सुधार गर्न सकेमा यसले आवश्यक पक्षको सुधार गर्न सकेमा यसले आवश्य नै सकारात्मक फल दिनसक्दछ । अन्यथा यो विद्यार्थी अल्छी बनाउने मेसोको रूपमा चल्न थालेमा ठीक नहुन सक्दछ र यसको विकल्प खोजिन सक्दछ ।
प्रकाशित मितिः २९ माघ २०७२, शुक्रबार ०८:४६
साझा बिसौनी संवाददाता ।