कुरिलोबाट मनग्य आम्दानी

रुकुम, २८ माघ । (साबिस)
पछिल्लो समय मनग्य आम्दानी हुन थालेपछि जिल्लाको गरायलाका किसान कुरिलो खेतीतर्फ आकर्षित भएका छन् । कुरिलोको माग बढेको र ग्राहक घर दैलोमै पुग्न थालेपछि किसान यस खेतीतर्फ आकर्षित भएका हुन् । जङ्गलमा खेर गइरहेको कुरिलो सङ्कलन गरी गरायला–१ भलाचौरका लालबहादुर ओली, बालाराम पुन र तिलक ओलीले खेत बारीमै कुरिलो लगाइ आम्दानी लिन सुरु गरेका छन् । 
अन्न बालीभन्दा कुरिलोले मनग्य आम्दानी दिन थालेपछि उनीहरू कुरिलो खेती गर्न हौंसिएका हुन् । अहिले गाउँका अन्य किसान पनि जङ्लमा खेर गइरहेको कुरिलो सङ्कलन गरी खेती गर्न थालेका छन् ।  घरेलु औषधि तथा विदेश निर्यात हुने कुरिलो खेतीबाट गरायलाका किसानले वार्षिक दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गर्ने गरेका छन् । ज्वरो, सुख्खा खोकी, घाँटीको खराबी, मुटु रोग, अम्लपित्त (ग्याष्ट्रीक), कमलपित्त (जण्डिस), स्मरणशक्तिको कमजोरी लगायत रोगको घरेलु उपचारमा कुरिलो प्रयोग हुँदै आएको छ ।
प्रकाशित मितिः   २९ माघ २०७२, शुक्रबार ०८:४७