सञ्चालक सदस्य योगीलाई बधाई ज्ञापन

सुर्खेत: जनहितकारी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना निवर्तमान अध्यक्ष हरिहरनाथ योगीलाई एक कार्यक्रमको आयोजना गरेर बधाई तथा शुभकामना ज्ञापन गरेको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको सञ्चालक समिति सदस्यमा निर्वाचित भएपछि योगीलाई संस्थाले बुधवार औपचारिक कार्यक्रम गरेर बधाई ज्ञापन गरेको हो ।

नेपाली सहकारी अभियानको माथिल्लो छाता संगठन राष्ट्रिय सहकारी महासंघको ३१औँ वार्षिक साधारणसभाबाट योगी सञ्चालक सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

कार्यक्रममा योगीले नेपाली सहकारी अभियानमा थप योगदान पु¥याउन लागिपर्ने जनाए । उनले विगत लामो समयदेखि सहकारी अभियानमा लागेको भन्दै यसलाई निरन्तरता दिँदै थप हौसला मिलेको बताए । कार्यक्रम निवर्तमान कोषाध्यक्ष नवराज कँडेलको अध्यक्षतामा सम्पन्न भएको संस्थाका सूचना अधिकारी भोजप्रसाद आचार्यले जानकारी दिए ।

प्रकाशित मितिः   ४ माघ २०८०, बिहीबार ०५:०३