१८ वर्षीय युवकको शंकास्पद मृत्यु
सुर्खेत: पञ्चपुरी नगरपालिका–६ कुवापानीमा एक युवक मृत फेला परेका छन् । मृत भेटिनेमा सोही ठाउँका १८ वर्षका भरत बुढा रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्ण खड्काले जानकारी दिए ।
बुढाको शंकास्पद मृत्यु भएको प्रहरीले जनाएको छ । उनका अनुसार मृतकको शरीरमा चोटपटक देखिएको छ । घटनाबारे जानकारी पाउनासाथ बावियाचौरबाट प्रहरी निरीक्षक विनोद सुवेदीको टोली खटिएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी योगेन्द्रसिंह थापा घटनास्थलमा पुगेका छन् ।
प्रदेश प्रहरी कार्यालय कर्णालीको कुकुर शाखा कोहोलपुरबाट तालिम प्राप्त कुकुरहरू पनि घटनास्थलमा ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः ३ माघ २०८०, बुधबार ०५:०२
साझा बिसौनी ।