राष्ट्रिय भलिबल: विभागीय क्लबसँगै गण्डकी सेमीफाइनलमा

सुर्खेत: तीन वटा विभागीय क्लबसँगै गण्डकी प्रदेश वीरेन्द्रनगमा सञ्चालन भइरहेको ३४औ“ राष्ट्रिय भलिबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन् । समूह चरणका खेल मंगलवार सकिएका छन् ।

समूह ‘ए’ बाट एपीएफ क्लब र नेपाल पुलिस क्लब तथा समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश सेमिफाइनल पुगेका हुन् । आज (बुधवार) बिहान साढे १० बजे हुने पहिलो सेमीफाइनलमा सशत्र प्रहरीको एपीएफ क्बल र गण्डकी प्रदेश भिड्ने छन् । साविक विजेतासमेत रहेको एपीएफ समूहका सबै चार खेलमा शतप्रतिशत नतिजासहित १२ अंक जोड्दै समूह विजेता बनेको हो । गण्डकी भने समूह चरणमा तीन खेल जित्दा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो ।

दोस्रो सेमीफाइनल पनि बुधवार नै हुँदैछ । दिउँसो एक बजे हुने दोस्रो सेमीफाइलमा समूह ‘ए’ को विजेता आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ । आर्मी समूहका सबै चार खेलमा जित दर्ता गर्दै अपराजित रह्यो । पुलिस भने समूह चरणमा अर्को विभागिय टोली एपिएफसँग पराजित भएपछि उपविजेताका रूपमा नौ अंकसहित अन्तिम चारमा पुगेको हो ।

विभागीय टोलीको दबदबा रहेको प्रतियोगितामा अन्य प्रदेशहरूको प्रदर्शन भने कमजोर रह्यो । घरेलु टोली कर्णाली प्रदेशले समूह चरणका चारमध्ये तीन खेलमा पराजित भएर एक खेल मात्रै जित्न सफल भयो । उसले मधेस प्रदेशलाई पराजित गरेको हो । मंगलवार भएको समूह चरणको अन्तिम खेलमा गण्डकीसँग ३–० को सोझो सेटमा पराजित हुन पुग्यो ।

प्रकाशित मितिः   २५ पुष २०८०, बुधबार ०५:०२