कर्णालीको दोस्रो हार
सुर्खेत: ३४औँ राष्ट्रिय भलिबल प्रतियोगितामा कर्णालीले दोस्रो हार बेहोरेको छ । सोमवार भएको आफ्नो तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशसँग ३–१ को सेटमा पराजित भएका हो । सुदूरपश्चिले पहिलो सेट २५–२१ ले जितेको थियो । त्यसपछिको दोस्रो सेट भने कर्णालीले २५–२१ ले नै जित्न सफल भयो । तेस्रो सेटमा कर्णालीको प्रदर्शन कमजोर रह्यो । सुदूरपश्चिमले २५–१८ को सहज जित हात पा¥यो । चौथो सेट पनि सुदूरले नै २५–२३ ले जित्यो ।
यसअघिका सबै खेलमा पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेको सुदूरपश्चिमसँगको पराजयले कर्णालीको सेमीफाइनल प्रवेशको सम्भावना थप कमजोर बनाएको छ । तीन खेल खेल्दा कर्णालीले एक खेल मात्रै जितेको छ । पहिलो खेलमा त्रिभुवन आर्मीसँग हारेको कर्णाली दोस्रो खेलमा मधेश प्रदेशलाई जित्न सफल भएको थियो । अब उसले समूह चरणको अन्तिम खेल अर्को बलियो टोली गण्डकी प्रदेशसँग खेल्नुपर्ने हुन्छ ।
समूह ‘ए’ बाट भने विभागीय टोली एपीएफ क्लब सेमिफाइनल प्रवेश गरेको छ । सोमवार नै पुलिस क्लबलाई पराजित गर्दै साविक विजेता एपिएफ क्लब समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । उसले एक खेल बाँकी छँदै लगातार तीन जित निकालेर अन्तिम चारमा स्थान पक्का गरेको हो । अब एपीएफले मंगलवार बागमती प्रदेशसँग खेल्नेछ ।
त्यसगरी एमह ‘बी’ बाट पनि अर्को विभागीय त्रिभुवन आर्मी क्लब एक खेल बाँकी छँदै सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार तीन जित निकाल्दै आर्मी समिफाइनल पुगेको हो । उसले अझै एक खेल खेल्न बाँकी छ । यो समूहबाट उपविजेता बनेर सेमिफाइनल पुग्न गण्डकी र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित मितिः २४ पुष २०८०, मंगलवार ०९:०३
साझा बिसौनी ।