साझा सहकारीको साधारणसभा

सुर्खेत: साझा बचत तथा ऋण सहकारी संस्था लिमिलेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार संस्थाका अध्यक्ष मदनबहादुर खड्काको सभाध्यक्षता तथा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालको प्रमुख अतिथ्यतामा सभा सम्पन्न गरिएको हो ।

सभाले संस्थाको आगामी कार्यकालका लागि पुनः मदनबहादुर खड्काको अध्यक्ष्यतामा सञ्चालक समिति चयन गरेको छ । त्यसैगरी खगेन्द्र रिमालको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति पनि सर्वसम्मतरूपमा चयन गरिएको छ ।

संस्थाले आर्थिक वर्ष २०७९/०८० मा ११ करोड ७९ लाख ११ हजार बराबरको कारोबार गरेको छ । उक्त वर्ष उत्कृष्ट कारोबार गर्ने चार जना सदस्यलाई सम्मानसमेत गरिएको संस्थाका प्रबन्धक तुल्सी घिमिरेले जानकारी दिए ।

प्रकाशित मितिः   २२ पुष २०८०, आईतवार ०५:०४