राष्ट्रिय भलिबल: पहिलो खेलमा कर्णाली पराजित

सुर्खेत: ३४औँ राष्ट्रिय भलिबल प्रतियोगितामा कर्णाली प्रदेशले खराब सुरुवात गरेको छ । शुक्रवार आफ्नो पहिलो खेलमा नै विभागीय टोली नेपाल आर्मीसँग पराजित भएको हो ।

राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको आर्मीसँग घरेलु मैदानमा कर्णाली ३–० को सेटमा पराजित भयो । बलियो टोली आर्मीसँग कर्णालीले निकै कमजोर प्रदर्शन ग¥यो । आर्मीले पहिलो सेट २५–१२ ले जित्दा दोस्रो सेट २५–७ र तेस्रो सेट २५–१२ ले कर्णालीलाई सहजै पराजित गरेको हो ।

शुक्रवार नै भएका अन्य खेलमा लुम्बिनीले वागमती प्रदेशलाई ३–० कै सेटमा पराजित गरेर प्रतियोगितामा विजयी सुरुवात गरेको छ भने अर्को विभागीय टोली सशत्र प्रहरीको एपिएफ क्बलले कोशी प्रदेशलाई पनि ३–० कै सेटमा हराएको हो । त्यसैगरी मधेश प्रदेशले पनि उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई ३–२ को सेटमा हराउँदै प्रतियोगितामा विजयी सुरुवात गर्न सफल भएको छ ।

तीन वटा विभागीय र सात वटा प्रदेश गरी १० वटा टोली प्रतियोगितामा सहभागी छन् । पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रदर्शनकै आधारमा भलिबलको राष्ट्रिय टिम छनोट गरिने नेपाल भलिबल संघले जनाएको छ । प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले गरेका हुन् ।

प्रकाशित मितिः   २१ पुष २०८०, शनिबार ०७:५७